विराटचौक / मोरङको सुन्दरहरैचा नगरपालिका क्षेत्रमा सडक अतिक्रमण गरी निमार्ण गरिएको संरचनाहरु डोजर लगाएर हटाइएको छ ।
सुन्दरहरैचना नगरपालिकाले सडकनै अतिक्रमण गरी निमार्ण गरेको संरचनाहरु डोजर लगाएर हटाइएको हो ।
नगरलाई व्यवस्थित र सुन्दर बनाउने हेतुले सडकनै अतिक्रमण गरी बनाएको संरचनाहरु हटाउने अभियान सुरु गरिएको सुन्दरहरैचना नगरपालिकाका उपप्रमुख धनमाया तामालङले जानकारी दिइन् । सुन्दरहरैचा नगरपालिकामा पुर्व पश्चिम लोकमार्ग अन्तर्गत ८२ दशमवलप ५ फिटमा सडक अतिक्रमण गरि बनाईएका घर टहरा र अव्यवस्थीत संरचनाहरु लाई हटाउने अभियन सुरु भएको उनले जानकारी दिइन् ।
पुर्वको किस्ती खोला देखि सुरु भएको अभियान खोर्साने, विराटचोक, सलकपुर गोठगाँउ हँुदै अहिले गछिया प्रवेश गर्ने बताइएको छ । सुन्दरहरैचा नगरपालिकाको टोली, उद्योग बाणिज्य संघ, बडाअध्यक्ष, प्रहरी, उद्योग व्यापारी, तथा स्थानीय बुद्धिजीवीहरु सबै यस कार्यमा लागि परेका छन् । स्थानीय व्यापारीहरुले समेत ८२ दशमवलप ५ फिट भित्र पर्ने व्यापारिक प्रयोजनका लागि राखिएका समाग्रीहरु सहज रुपमा हटाईदिएकाले काम गर्न सहज भएको उप प्रमुख तामाङले बताइन् ।
सडक अतिक्रमण गरी सडक छेउमा निमार्ण गरिएको चौतारी, फलैचा, यात्रु प्रतिक्षलय जस्ता सार्वजनिक संरचनाहरु समेत हटाइएको छ । त्यस्तै विराटचोक, सलकपुुर र गोठगाँउमा रहेको ट्राफिक विटसमेत डोजर लगाएर हटाएपछि स्थानियबासीले गुनासो गरेका छन् । जनतको सुरक्षाको लागि बसेका प्रहरी विट र सार्वजानिक संरचना हटाउदा स्थानियले गुनासो गरे ।
नगर क्षेत्रलाई सफा र सडक विस्तारलाई फराकिलो पार्ने काममा नगरपालिका मेयर शिवप्रसाद ढकाल आफै अग्रसर भएर लागि परेका थिए । ‘विकासका निम्ति भत्काईएको पुराना संरचनाहरुको उचित व्यवस्थापन हुनेछ,’ मेयर ढकालले भने, ‘नगरक्षेत्रलाई सफा व्यवस्थीति र सुरक्षित सडकको उपभोग गर्न यहाँ जनताले पाउनेछन् ।’
पछिल्लो समय मोरङको सुन्दरहरैंचासँगै बेलवारी, पथरी शनिश्चरे, उर्लावारी लगायतका नगरपालिकामा सडक मिचेर बनाइएका अवैध संरचना हटाउन अभियानै सुरु भएको छ ।