पाँचथर/पाँचथर उद्योग वाणिज्य संघको ११ औं अधिवेशनबाट दीपक नेपाल अध्यक्षमा निर्बाचित बनेका छन् ।
बुधबार सार्बजनिक गरिएको मत परिणाम अनुसार नेपाली काँग्रेस र लिम्बुवानजन्य निकट व्यबसायीहरुको लोकतान्त्रिक गठबन्धनको तर्फबाट अध्यक्ष पदको उम्मेद्वार बनेका नेपालले ८५० मत ल्याएर बिजय प्राप्त गरेका हुन् । निकटतम प्रतिद्धन्दि नेकपा, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट व्यवसायीहरुको संयुक्त गठबन्धनका उम्मेद्वार तुल्सीदास श्रेष्ठले ७१७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा संयुक्त प्यानलका यामनाथ काफ्ले (७१४ मत), प्रयागराज सुवेदी (६५१ मत), लोकतान्त्रिक प्यानलका राजु न्यौपाने (६३८ मत), तिलबिक्रम नेम्बाङ (६५६ मत) ल्याई बिजयी भएका छन् । महासचिवमा संयुक्त गठबन्धनका नवराज घिमिरे बिजयी बनेका छन् ।
उनले ७७७ मत प्राप्त गरेका छन् । सचिवमा ६७७ मत ल्याएर लोकतान्त्रिक गठबन्धनका कमल बाँस्कोटा बिजयी बनेका छन् । कोषाध्यक्षमा पनि लोकतान्त्रिक गठबन्धनकै बिमला हाङसरुम्बा श्रेष्ठ ६८५ मतकासाथ बिजयी बनेका छन् । त्यस्तै सदस्यहरुमा संयुक्त गठबन्धनका मिलन गिरी, शान्ति थेवे, सूर्य मगर, भीम केरुङ, केशव खनाल, लोकतान्त्रिक गठबन्धनबाट दिलीप अधिकारी, सुवाश कान्दु, चन्द्र प्रसाद डाँगी, बिकेन्द्र वाइबा तामाङ, नरेन्द्र राई र बिकास थापा निर्बाचित भएका छन् । महिला सदस्यमा संयुक्त गठबन्धनका कुमारी मिश्र निर्बाचित भएकी छन् । शनिबारदेखि सुरु भएको अधिवेशनमा सोमबार मतदान भएको थियो । कूल एक हजार ८३६ मतदातामा एक हजार ६२६ ले मतदान गरेको निर्बाचन अधिकृत रामप्रकाश समथिङले बताए ।