काठमाडौं/प्रहरीले उपत्यकामा सञ्चालित सातवटा क्यासिनामा छापा मारेको छ । महानगरीय अपराध महाशाखाले गैरकानुनी रुपमा नेपालीलाई क्यासिनो प्रवेश गराएर जुवा खेलाउने गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
यसक्रममा प्रहरीले सोमबार दरवारमार्गस्थित रोयल क्यासिनोमा जुवा खेल्दै गरेका सेते लामा ९वर्ष ६६०र सोही क्यासिनोका म्यानेजर विश्व श्रेष्ठ ९ बर्ष ४५०लाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु दुवैलाई मंगलबार जुवा ऐन अनुसार कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको महाशाखाले जनाएको छ । उपत्यकाका विभिन्न होटलमा सातवटा क्यासिनो सञ्चालनमा छन् ।