धरान । माघको दोस्रोसाता राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद् सदस्य विष्णु थाम्देनमाथि सांघातिक आक्रमणमा संलग्न मूख्य आरोपी आइतबार धरानबाटै पक्राउ परेका छन् । माघ ९ गते राति धरान–९ सब्जीमण्डीमा रहेको उनको पसल अघि नै उनीमाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणमा संलग्न उनकै पार्टीका नेतृ पूर्णकला लिम्बू र शेखर लिम्बू तत्कालीन समयमै पक्राउ परेका थिए । उनीहरू अहिले धरौटीमा छुटिसकेका छन् । तर उनीमाथि धारिलो हतियार प्रहार गर्ने धरान–१५ निराजन बस्तीका दिपेश राई भने हालसम्म फरार थिए । उनलाई इलाका प्रहरी कार्यालय धरानको सिभिलमा रहेको टोलीले नियन्त्रणमा लिएको डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । घरमै सुतिरहेको समयमा बिहान ५ बजे ती युवालाई पक्राउ गरी म्यादथपसमेत गरिएको उनले बताए । निर्वाचनमा टिकट नदिएको आक्रोसमा पार्टी भित्रैबाट उनीमाथि आक्रमण भएको थियो ।