धनकुटा । धनकुटा नगरपालिका वडा नं.६ मा रहेको गोकुण्डेश्वर माध्यामिक विद्यालयमा विधुतिय कलम र कितावको माध्यामबाट सोमवार देखी नव प्रविधियुक्त कक्षा संचालनमा ल्याइएको छ ।
पठनपाठनको लागी विश्व वजारमा नयाँ नयाँ शिक्षण प्रविधि आएसंगै धनकुटामा विद्यालय शिक्षाको लागी गोकुण्डेश्वर माध्यामिक विदुयालयले पहिलो पटक नव प्रविधियुक्त कक्षा संचालनमा ल्याउन लागेको हो ।
धनकुटा नगरपालिका कार्यालयको आर्थिक सहयोग र क्रिएटिभ एडुटेन्टमेन्ट वल्ड प्रा.लि.को प्राविधिक सहयोगमा विधुतिय कलम र कितावको प्रयोग गरेर सोमवार देखी नव प्रविधियुक्त कक्षा संचालनमा ल्याइएको हो । कार्यक्रम गोकुण्डेश्वर माध्यामिक विद्यालयमा हालै गठित नव प्रविधियुक्त कक्षा संचालन व्यवस्थापन समितिको आयोजनामा सम्पन्न भएको हो ।
क्रिएटिभ एडुटेन्टमेण्ट वल्ड प्रा.लि.का वजार प्रतिनिधि कृष्ण उप्रेतीले सहजीकरण गर्दै कक्षा नर्सरी देखी कक्षा ५ सम्म पढाउन सकिने विधुतिय कलम र किताव अथार्त (टकिङ्ग पेन र टकिङ्ग बुक) को मुल्य १२ हजार रहेको वताएका छन् । उप्रेतीले आवाज सहित डिभाईस मार्फत सजिलैसंग सिक्न सकिने नर्सरी देखी कक्षा ५ सम्मको लागी १७ वटा टकिङ्ग बुक र टकिङ्ग पेन रहेको वताएका छन् । उनले बिद्यालयको लागी कम्तिमा एउटा देखी २ वटासम्म टकिङ्ग पेन र टकिङ्ग वुक खरिद गरेर साना कक्षाहरुमा सहज ढंगले बालबालिकाहरुलाई पठनपाठन गर्न सकिने वताए । व्यावस्थापक उप्रेतीले विद्यार्थिको लागी भने २ सय ४० रुपयाँमा १७ वटै पुस्तकलाई एकिकृत गरेर तयार गरेको संयुक्त पुस्तक प्रयोग गर्न सकिने पनि स्पष्ट पारेका छन् ।
इन्डिोनेसियामा पहिलो पटक विद्यालय शिक्षाको लागी सहयोगी सामाग्रीको रुपमा प्रयोगमा ल्याइएको यो प्रविधि नेपालमा प्रवेश गराउने कम्पनी क्रिएटिभ एडुटेन्टमेण्ट वल्ड प्रा.लि.ले ६ महिना अघि भित्र्याएको हो । नेपाल सरकार, शिक्षा मन्त्रालय पाठ्याक्रम पाठ्यपुस्कत विकास केन्द्रले भने सहयोगी समाग्रीको रुपमा टकिङ्ग पेन र बुक प्रयोग गर्न स्वीकृत दिएको जिल्ला शिक्षा कार्यालय धनकुटाका जिल्ला शिक्षा अधिकारी रामवहादुर थापाले ब्लाष्टलाई वताएका छन् । थापाले सो सहयोगी सामाग्री प्रयोग गर्नको लागी प्रदेश नं.१ को सामाजिक विकास मन्त्रालयले पनि विद्यार्थिहरुको पठनपाठनको लागी सहयोगी सामाग्रीको रुपमा प्रयोग गर्न अनुरोध गरेको वताएका छन् ।
हालसम्म यो प्रविधि पहिलो पटक हेटौडा, काठमाण्डौं, दमक, विर्तामोड हुँदै धनकुटासम्म आईपुगेको एडुटेन्टमेन्ट वल्ड प्रा.लि.का वजार प्रतिनिधि कृष्ण उप्रेतीले वताएका छन् । गोकुण्डश्वर माध्यामिक विद्यालयमा गठित नव प्रविधियुक्त कक्षा संचालन व्यावस्थापन समितिका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतमा सम्पन्न “नव प्रविधियुक्त कक्षा संचालन सहजीकरण कार्यक्रम” मा विद्यालयका अभिभावक, विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थिहरुको सहभागीता रहेको थियो । सो अवसरमा विद्यालयका प्रधानाध्याकप यज्ञ चापागाँईले नव प्रविधियुक्त कक्षा संचालनको लक्ष्य र उदेश्यका वारेमा अभिभावक र शिक्षक, शिक्षिका र विद्यार्थिहरुलाई प्रष्ट पारेका थिए ।
उता धनकुटा नगरपालिका वडा नं.६ का वडाध्यक्ष नरेश श्रेष्ठले पनि प्रभावकारी सिकाईका लागी नव प्रविधियुक्त कक्षा संचालन गर्न लागीएको वताएका छन् । उनले साना साना वालवालिकाहरुको लागी यस प्रकारको सिकाई निक्कै प्रभावकारी हुने भएकाले पनि पहिलो पटक ६ नम्वर वडाको गोकुण्डेश्वर माध्यामिक विद्यालयमा प्रयोगमा ल्याउन लागीएको वताएका छन् । सो अवसरमा गोकुण्डेश्वर माध्यामिक विद्यालयमा सहायक प्र.अ.लक्ष्मी प्रसाद उप्रेतीले विश्व वजारमा नयाँ नयाँ प्रविधि आएसंगै प्रविधि मैंत्री कक्षा संचालनको लागी सम्पुर्ण शिक्षक, शिक्षिकाहरुलाई तयार रहन अनुरोध गरेका छन् ।