विराटनगर/प्रदेश नं. १ को सरकारले विराटनगर विमानस्थलको स्तरोन्नति गरेर यसलाई अन्तर्राष्ट्रिय स्तर र सुविधाको बनाउन काम सुरु गरेको छ ।

प्रदेशका मुख्यमन्त्री शेरधन राईले विमानस्थलको स्तरोन्नतिका लागि सरकारले अध्ययन सुरु गरेको जानकारी दिएका हुन् ।नेपाल उद्योग वाणिज्य महासंघ र नयाँ पत्रिकाको संयुक्त आयोजनामा भएको प्रादेशिक आर्थिक बहस कार्यक्रममा मुख्यमन्त्री राईले अन्य मुलुकमा पनि हवाइ सम्पर्क कायम गर्ने गरी विमानस्थलको स्तरोन्नति गरिने जानकारी दिए ।

उनले विराटनगरबाट माउन्टेन फ्लाइटको सम्भावना पनि प्रशस्त भएकाले विमानस्थलको विस्तार र स्तरोन्नति आवश्यक रहेको बताए।प्रदेश नं. १ का निश्चित शहरलाई पर्यटकीय शहरका रूपमा निर्माण गरिने उनले बताए ।

‘अब धेरै वादविवाद र बहस गर्ने समय छैन’, उनले भने, ‘नयाँ नेपाल नयाँ संविधानको जगमा उभिएको छ । बिलकुलै नौलो प्रयोग र अभ्यास भइरहेको छ । यसको गन्तव्य भनेको समृद्धि र विकास नै हो ।’

बिजमाण्डू