लेटाङ/ महिला सशक्तीकरण सहितको सामाजिक परिवर्तन भन्ने नाराका साथ लेटाङ नगरपालिका वडा नं. ३ ले महिला सशक्तीकरण तथा उद्घोषण तालिम सुरु गरेको छ । लेटाङ नगरपालिका वडा न ३ का महिलाहरुलाई लक्ष्यित गरेर आज र भोलि २ दिन सम्मका लागि आयोजना गरिएको तालिममा ६० जनाको सहभागिता रहेको छ ।
नेतृत्व लिन ईच्छा राख्ने महिलाहरुले यो तालिम पछि आफुलाई निर्धक्क बोल्न सक्ने क्षमता विकास गर्ने उदेश्यले तालिमको आयोजना गरिएको लेटाङ ३ का अध्यक्ष देवराज चाम्लिङले जानकारी दिए ।महिलाहरुको क्षमता वृद्धिका लागि तालिम प्रभावकारी हुने विश्वास लिएको अध्यक्ष राईले बताए । तालिममा महिला जनप्रतिनिधि ,सामाजिक संघसंस्थाका प्रतिनिधिहरु , विभिन्न राजनीतिक दलका महिला नेतृत्व र स्थानिय महिलाहरुको सहभागिता छ ।
तालिममा प्रमुख प्रशिक्षण विरेन्द्रकुमार शाहले गरिरहेका छन । कार्यक्रममा महिला सशक्तीकरणका बिषयमा उदाहरण सहित प्रशिक्षण गरिने छ भने उद्घोषण गर्दा अपनाउनु पर्ने बिधि प्रक्रियाका बारेमा प्रशिक्षण गरिने प्रशिक्षक शाहले बताए ।