झापा/ झापाको भद्रपुर नगरपालिका-४ पुरी चोकमा मंगलबार बेलुका खुकुरी प्रहारबाट गस्तीमा रहेका दुई प्रहरी घाइते भएका छन्।

घाइते हुनेमा इलाका प्रहरी कार्यालय दमक दरबन्दी भइ प्रहरी चौकी महेशपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रकाश खवास र प्रहरी चौकी चारआली दरबन्दी भइ सोही कार्यालयमा कार्यरत प्रहरी जवान पुन्य प्रसाद पोखरेल रहेका छन्।

स्थानिय पुन्य प्रसाद पुरीको घरमा लगाएको पुराणमा अस्थायी प्रहरी चौकी महेसपुरबाट गस्ति गर्दै जाने क्रममा सोही ठाउँका अन्दाजी ३५ बर्षिय सुवास राइले मादक पदार्थ सेवन गरी उनीहरुमाथी खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहारबाट गम्भिर घाइते दुवैको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने राई वडा प्रहरी कर्यालय भद्रपुको नियन्त्रणमा छन्।

यता धनकुटाको पाख्रिवास नगरपालिका-८ बस्ने ३५ बर्षिय प्रकाश राईलाई सोही ठाउँका अन्दाजी ३५ बर्षिय रिट्ठे भन्ने धन बहादुर राइले खुकुरी प्रहार गरेका छन्।

बेलुका ८ बेजतिर सामान्य विवाद हुँदा प्रकाशमाथी खुकुरी प्रहार गरेको जानकारी प्राप्त भएको छ।

खुकुरी प्रहारबाट शरिरिको विभिन्न भागमा चोट लागेका उनको विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको छ भने खुकुरी प्रहार गर्ने धनबहादुरको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पाख्रिवासले जनाएको छ।