काठमाडौं/ भारतले गलत समाचार सम्प्रेषण हुने अवस्थालाई नियन्त्रण गर्न नयाँ दिशा निर्देश जारी गरेको छ । केन्द्रीय सरकारले फर्जी समाचारमा लगाम लगाउन प्रिन्ट तथा इलोक्ट्रोनिक मिडियाका लागि सोमबार दिशा निर्देश जारी गरेको हो ।

केन्द्रीय सूचना एवम् प्रसारण मन्त्रालयले संशोधित दिशा निर्देश जारी गर्दै यदी फर्जी समाचार प्रकाशन वा प्रसारण गर्ने पत्रकारको मान्यता रद्द गर्ने जनाएको छ ।

पहिलोपटक फर्जी समाचार प्रकाशन वा प्रसारण गरेमा पत्रकारको मान्यता ६ महिनाका लागि निलम्बित, दोस्रोपटक गरेमा एक वर्षका लागि निलम्बित, तेस्रोपटक गरेमा स्थायी रुपमा नै पत्रकारको मान्यता रद्द गर्ने मन्त्रालयले जनाएको छ ।

फर्जी समाचारको जाँच प्रिन्ट मिडियाको प्रेस काउन्सिल अफ इण्डिया (पीसीआई) र इलोक्ट्रोनिक मिडियाको न्यूज ब्रोडकास्टर्स एसोसियसन (एनबीए)ले गर्ने मन्त्रालयले जनाएको छ ।