काठमाडौं/ नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ५८ हजार २ सयमा कारोबार भईरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाएअनुसार छापावाला सुनको मुल्य हिजो आईतबारको तुलनामा आज ३ सय रुपैयाँ बढेको हो । यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ९ सयमा कारोबार भईरहेका छ । 

हिजो छापावाला सुन ५७ हजार ९ सय र तेजावी सुनको मुल्य प्रतितोला ५७ हजार ६ सयमा कारोबार भएको थियो । आज चादी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।