काठमाडौं/ चर्चित स्टार अनमोल केसीको आज जन्मदिन ।अनमोलकी आमा सुस्मिता बम्जनले शुक्रबार बिहानै अनमोलको जन्मदिन भएको भन्दै ‘बर्थ डे विस’ गरेकी छन् ।

विकिपिडियामा अनमोल केसीको जन्मदिन २१ सेप्टेम्बर १९९४ भएको उल्लेख छ । सो मितिअनुसार अनमोलको जन्मदिन असोजमा पर्छ । तर, आमा सुस्मिताले नै चैत १६ गते जन्मदिन भनेर उल्लेख गरेपछि यसलाई नै आधिकारिक मान्नुपर्ने हुन्छ ।

अनमोल आज आफ्नो २५औं जन्मदिन मनाउँदैछन् । हालै मात्र उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘कृ’ प्रदर्शनमा आएको थियो । आफूले खेलेका सबै चलचित्र हिट हुने नायकमा अनमोल केसी अग्रपंक्तिमा छन् । उनी भुवन केसी र सुस्मिता बम्जनका सुपुत्र हुन् । सुस्मिता र भुवनबीच सम्बन्ध विच्छेद भइसकेको छ ।

अनमोलले अहिलेसम्म होस्टल, जेरी, ड्रिम्स, गाजलु र कृ चलचित्रमा अभिनय गरेका छन् । अहिले उनी होम प्रोडक्सनमा बन्ने ‘क्याप्टेन’ र ‘कृ २’ मा आबद्ध भएका छन् । आफूले खेलेका सबै चलचित्रमा अनमोलले नयाँ नयाँ नायिकासँग रोमान्स गर्ने अवसर पाएका छन् ।