धुलिखेल/ काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ शंखुस्थित जंगलमा आज एक जनाको शव फेला परेको छ।

बिहान वडा नं १२ स्थित पिप्लेतइजे भन्ने जंगलमा घाँस काट्न गएका महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सो ठाउँमा प्रहरीको टोली पुगेर शवलाई परीक्षणका लागि अस्पताल लगिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले बताए।

'शवको प्रकृति हेर्दा करिब एक हप्ता अगाडिको जस्तो देखिन्छ,' उनले भने, 'अन्दाजी ६०/६५ वर्षको पुरुषको शवलाई बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ।'रासस