परासी/ राष्ट्रिय फुटवलर बिमल घर्ती मगरकी बहिनी मनिषाको मृत्यु ‘ह्याङ्गिङ’ अर्थात् झुन्डिएर भएको पुष्टि भएको छ ।

२०७३ जेठ १३ गते बिहान आफ्नै कोठामा मृत्त अवस्थामा भेटिएकी मनिषाको मृत्युको कारण १० महिनापछि खुलेको हो । उनको मृत्युको कारण ह्याङ्गिग भएको ठहर गर्दै मनिषाका प्रेमी अर्थात् हत्या आरोपित आशिष भनिने रुद्रनारायण चौधरीलाई नवलपरासी जिल्ला अदालतले सफाई दिएको छ । मनिषा मृत अवस्थामा भेटिएपछि उनको हत्या चौधरीले नै गरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको थियो । साथै आशिषविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरी जन्मकैदको सजाय माग गरिएको थियो ।

यसअघि मनिषाको पोस्टमार्टम गर्दा रिपोर्टमा चिकित्सकहरुले उनको मृत्यु ह्याङ्गिङका कारण भएको बताएका थिए । तर मनिषाको हत्या हत्या नै गरिएको भन्दै घटनास्थलमा फेला परेका प्रमाणका आधारमा चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । चौधरीले मनिषाको घटना भएको राति आफ्नो र मनिषाको झगडा भएको तर हत्या नगरेको दाबी गरेका थिए । त्यसपछि झुटो बोलेको हो या होइन भनेर पुष्टि गर्न उनलाई प्रहरीले नियन्त्रणमा लिएर उनको पोलिग्राफ टेष्ट गरेको थियो । पोलिग्राफ टेष्टमा उनले साँचो बेलोको देखिएको थियो । अहिले अदालतले पुर्पक्षका लागि कारगारमा रहेका आशिषलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

नेपाल समाचारपत्र