
आगो लागेर इक्राही बस्तीको ४९ परिवारको सम्पूर्ण घर गोठ गुवाली तथा चर्पीसमेत जलेको र पानी प्रयोगका लागि गाडिएको चापाकलसमेत बिग्रिएकोले अग्नि पीडित परिवारले स्वच्छ पिउने पानी नपाएको पीडित देवनारायण चौधरीले जानकारी दिए।
आगलागीमा परी मरेका थुप्रै बाख्रा–पाठा र गाई–गोरुको व्यवस्थापन नहुँदा दुर्गन्ध फैलन थालेकाले हैजाको संक्रमण फैलन सक्ने खतरा बढेको अर्का अग्निपीडित हरिलाल सरदारको गुनासो छ।
अग्निपीडित क्षेत्रका सबै घरका मानिसले लगाएको लत्ताकपडाबाहेक केही पनि नबचेकाले तत्काल बालबालिकाको पठनपाठनका लागि अझैपनि राहत उपलब्ध हुन नसकेको पीडित गोपी यादवले बताए।
रासस
                    
        
                                        
                                                                                                
        































