काठमाडौं /अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले प्रदेश ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) लाई रेड कर्नर नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा १४ मार्च २०१८ मा मनाङेका नाममा रेड कर्नर नोटिस जारी भएको हो ।

[caption id="attachment_76706" align="aligncenter" width="800"] दीपक मनाङे[/caption]

उनी नेपालमै लुकीछिपी बसेकै अवस्थामा पनि विदेश भाग्ने आशंकासहित रेडकर्नर नोटिस जारी भएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज न्यौपानेले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै उनको खोजी भइरहेको बताए ।

प्रदेश सांसद मनाङे फौजदारी मुद्दामा दोषी ठहर भएको तथ्य बाहिर आएसँगै फरार छन् । उनले सांसदको शपथसमेत लिएका छैनन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई पाचँ वर्ष कैद सजाय सुनाएको थियो ।

रासस