कैलाली/ घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीमाथि गोली प्रहार हुनुको कारण प्रहरीले सार्वजानिक गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले चन्दा नदिएको रिसमा मेयर चौधरीमाथि गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकोहो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नेकपाका स्थानीय नेता तथा कार्यकर्ता मेयर चौधरीसँग पटक पटक चन्दा माग्न गएका थिए । चन्दा नदिएकै रिसइबीमा उनीमाथि आक्रमण गरिएको कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए ।

‘केही नेताले चन्दा माग्ने, आफ्ना मान्छेलाई नगरपालिकाका विभिन्न ठाउँमा नियुक्तिका लागि दबाव दिने गरेको अनुसन्धाननले देखाएको छ,’ एसपी घिमिरेले भने, ‘बोक्सीको आरोपमा कुटपिट घटनालाई मिलापत्र गराएको विषयलाई निहुँ मात्रै बनाएको पाइयो ।’