बैतडी/ बैतडीमा बेवारिसे अवस्थामा शिशुको शव फेला परेको छ ।
दशरथचन्द नगरपालिका– ४ मा सोमबार दिउँसो टाउको काटिएको अवस्थामा शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । शव सडेर क्षतविक्षत भएको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
शिशु जन्मने बित्तिकै हत्या गरी फालेको वा मृत शिशु जन्मिएर फालिएको भन्नेबारे केही खुल्न सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा दुई–तीन हप्ता अगाडिको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।