मोरङ/ मोरङको नेमुवाबाट सोमबार लागुऔषधसहित चार जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र-५ बस्ने रविन राई, वराहक्षेत्र-२ बस्ने प्रविन तामाङ, सोही ठाउँका दिपक गुरागाँई र मोरङ बेलबारी नगरपालिका ३ बस्ने अभिशेक राई रहेका छन्।

उनीहरुलाई प्रहरीले सोमबार साँझ ६ बजेतिर बुढीगंगा गाउँपालिका ४ नेमुवाबाट पक्राउ गरेका हुन्।

पक्राउ परेका युवाहरुको साथबाट ८ एम्पुल लुपिजेसिक, ८ एम्पुल एभिल, १० एम्पुल डाइजेल्याप, ७ एम्पुल फेनारगन र १५० ट्याब्लेट नाइट्रोसन बरामद भएको छ।

चारै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।