शनिश्चरे/मोरङको पथरीशनिश्चरे नगरपालिकाको ९ नम्वर वडाले सोमवार वडाका ज्येष्ठ, अपाङ्गता, दलित गरी १ सय १५ जनालाई सम्मान गरेको छ ।

नगर प्रमुख दीलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, ज्येष्ठ समाजसेवी देवीप्रसाद सिटौला सहितले ह्विलचियर तथा ज्येष्ठ, दलितहरुलाई दोसल्ला र फलफुल प्रदान गरेर सम्मानित गरेका हुन् । वडाको ज्येष्ठ, अपाङ्गता, दलित लक्षित कार्यक्रम अन्तर्गत अपाङ्गताभएका ६७ वर्षीय रामकुमार राई र ३१ वर्षीय विष्णुमाया प्रसाईलाई ह्विलचियर प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख राईले ८० वर्ष उमेर कटेका असक्त अवस्थाका ज्येष्ठहरुलाई स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीबाट घरमै गएर उपचार गर्ने र १ वर्षमा १ नम्बर प्रदेशभरी एकपटकको एम्बुलेन्स भाडा नगरपालिकाले निशुल्क गरिदिने कार्यक्रम ल्याएको जानकारी गराए ।