पाँचथर/ जिल्लाको फिदिम नगरपालिका–३, सिलौटिका ४२ बर्षिया गंगामाया सुनुवारलाई उनकै श्रीमान ६१ बर्षिय टेकबहादुर सुनुवारले हत्या गरेर जमिनमुनि गाडेको खुलासा भएको छ ।
[caption id="attachment_35215" align="alignleft" width="349"]
गंगामाया १६ दिनदेखि बेपत्ता थिइन् । छिमेकिले आशंका गरी प्रहरीमा उजुरी दिएपछि उनका श्रीमान टेकबहादुर पक्राउ परेपछि उक्त रहस्य खुलेको हो । उनले प्रहरी समक्ष गंगामायाको आफैंले हत्या गरी घटना लुकाउन घर नजिकैको बारीमा खाल्डो खनि गाडेको बयान दिएका छन् । प्रहरीका अनुसार टेकबहादुरले ५ फागुन राती सामान्य घरायसी बिबादको क्रममा चिर्पट प्रहार गरी गंगामायाको हत्या गरेका थिए ।
टेकबहादुरले शव गाडेको ठाउँमा उत्खनन् गर्दा टाउकोमा चोट लागेको अवस्थामा गंगामायाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरिक्षक बिज्ञान बस्नेतले बताए । टेकबहादुरलाई अहिले प्रहरीको हिरासतमा राखिएको छ । निज उपर म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बस्नेतले बताए ।
गंगामाया र टेकबहादुर बीच समान्य झगडा भएको रातदेखि गंगामाया बेपत्ता भएपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए । उनीहरूको दुई छोरी र एक छोरा रहेका छन् । जसमध्ये जेठि छोरीको भने बिवाह भईसकेको फिदिम नगरपालिका–३, का वडा अध्यक्ष नरेन्द्र गुरूङले बताए ।