पथरी । संस्थागत विद्यालयहरुको संगठन(अप्सन) मोरङको आयोजनामा भएको अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिताको उपाधि उलाबारी –५ को उर्लाबारी लिटल एन्जल स्कुलले जितेको छ । मोरङको उर्लाबारीको किरात राई योयाक्खाको भवनमा भएको प्रतियोगितामा हिजोराती सपनीमा.......को बोलको गीतको सामूहिक नृत्यले उपाधि जितेको हो । त्यसैगरी उलाबारी–६, मा स्थापीत कुडोस विद्या सदन स्कुलले दोस्रो स्थान जितेको छ । कुडोसले सिमसिममे पानीमा............बोलको गीतमा सामूहिक नृत्य गरी दोस्रो स्थान जितेको हो । त्यसैगरी उर्लाबारी –५,को पल्वी विद्या मन्दिरले तृतीय स्थान जितेको छ । पल्वीले कुटुमा कुटु बोलको गीतमा सामूहिक नृत्य गरी तेस्रो भएको हो । प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई प्रमुख अतिथि, अतिथिहरुले ट्रफि,प्रमाण पत्र र १५ सय रुपौयाले पुरस्कृत गरेका थिए । प्रत्येक सहभागी विद्यालयलाई सान्तवाना पुरस्कार स्वरुप रु ११ सय रुपैया र प्रमाण पत्रले पुरस्कृत गरेका अप्सनका जिल्ला अध्यक्ष विरेन्द्र खतिवडाले बताए । जिल्लाका १२ वटा स्कुलले नृत्य प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा प्रत्येक विद्यालयले २ वटा नृत्य टिमलाई सहभागी गराएका अप्सनका महासचिव नन्दकुमार राजवंशीले बताए । प्रतियोगितामा उर्लाबारी लिटल एन्जल स्कुल,पल्लवी विद्या मन्दिर स्कुल,कुडोस विद्या सदन स्कुल,देवकोटा इङ्लिस स्कुल,मोरङ चिल्डेन एकेडेमी स्कुल,सुगा पब्लीक स्कुल,नविन स्टार स्कुल,जेनिथ इङ्लिस स्कुल, बाल संसार इङ्लिस स्कुल लगाएतका विद्यालयबाट नृत्यमा सहभागीता जनाएको थियो । प्रतियोगितामा भानु कला केन्द्र विराटनगरका प्रेम सुनाम र मनोज राजवंशीले नृत्यको निर्णायक गरेका थिए । कार्यक्रमको सभापती अप्सनका मोरङ अध्यक्ष विरेन्द्र खतिवडा थिए भने कार्यक्रम संचालन ढुण्डुराज भट्राईले गरेका थिए । संस्थागत विद्यालयहरुको संगठन (अप्सन) प्याप्सन र एनप्याप्सनको विकल्पमा स्थापना भएको संस्था हो । संस्थागत विद्यालयहरुको छाता संगठन प्यासन र एनप्यासनले सुरक्षा साना विद्यालयहरुको सुरक्षा, संरक्षण गर्नुको साटो जिल्ला शिक्षामा साना विद्यालयहरु बन्द गर्नु पर्ने जोडदार माग राख्दै मुद्दा हालेका थिए । बन्द गर्ने, अभिभावकलाई साना स्कुलमा नानी लैजान रोक्ने जस्ता खेलहरु खेले पछि हामी आधारभूत तह सम्मको विद्यालय बनेर अप्सन संस्था स्थापना गरेको अध्यक्ष खतिवडाले बताए । यस लाई दर्ता गरेर संस्था संचालन गर्ने तयारीमा रहेको समेत उनले बताए । अप्सन मोरङमा २०६८ सालमा गठन भएको थियो । अप्सनका विरेन्द्र खतिवडा संस्थाको तेस्रो अध्यक्ष हो । दर्वेशाका गोपी दाहाल दोस्रो अध्यक्ष हुन । दाहाल स्वार्गारोहण भएपछि खतिवडा तेस्रो अध्यक्ष बनेका हुन । २०६८ सालमा बेलबारीका नरेन्द्र बस्नेत संस्थापक अध्यक्ष हुन । उति खेर जिल्ला भरीका ५४ वटा दर्ताको प्रक्रियामा रहेको विद््यालयहरु उपस्थीत भएर संर्घष समिति गठन गरेर दर्ता प्रक्रियामा रहेको विद्यालयहरुको लागी दर्ता गराउन सर्वोच अदालतमा समेत जिल्ला शिक्षा, शिक्षा मन्त्रालय समेतलाई मुद्दा लगाएका थिए । अहिले त्यस मुद्दा विचाराधिन छन् । अहिले त्यस स्कुलहरुले संर्घष गरेर कक्षा ३ देखि ५ सम्म दर्ता पाएका छन् ।