बलिउड अभिनेत्री , मोडल तथा टिभी स्टार मंदिरा बेदी पर्दामा ९० को दशकदेखि सक्रिय छिन् । ४५ बर्षको उमेरमा उनको सुन्दरता , फिटनेश र सक्रियता युवायुवतीहरुका लागि प्रेरणा नै बन्ने गरेको छ । एक सन्तानकी आमासमेत रहेकी मंदिराले हालै सामाजिक सञ्जालमा टपलेस फोटो सेयर गरिन् । उनको उक्त तस्बिरको यति चर्चा भयो की हरकोहीबाट प्रशंसा मिलिरहेको छ कारण ४५ को उमेरमा पनि उनको फिटनेस निकै लोभलाग्दो रहेको छ ।

कहिले बिकिनी तथा कहिले हट पहिरनमा आफनो एब्स देखाउँदै तस्बिर सेयर गर्ने गरेकी मंदिराको केही दिन अगाडी मात्र पनि साडीमा पूसअप गरिरहेको भिडियो भाईरल बनेको थियो । सारुख , बबी देओल लगायतका नायकहरुसंग पर्दामा काम गरिसकेकी मंदिराले प्रभाषको फिल्म साहोमा पनि अभिनय गरेकीछिन् ।