पूर्वकानुन मन्त्री अग्नि खरेल ओली सरकारका महान्यायाधीवक्ता बन्ने भएका छन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो सरकारमा कानुन मन्त्री थिए।
ओली निकट खरेल झापा क्षेत्र नम्बर २ बाट चुनावमा पार्टीको टिकटका आकांक्षी थिए। प्रतिनिधि सभा प्रतक्ष्यतर्फ टिकट नपाएपछि अध्यक्ष ओलीले खरेललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने धेरैले अडकल गरेका थिए।
मन्त्रिपरिषद्ले सिफारिश गरेका तीन जनामा खरेल नपरेपछि लगत्तै प्रधानमन्त्री ओलीले महान्यायाधीवक्ता बनेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। खरेलले ओलीको प्रस्ताव स्वीकार गरिसकेको ओली निकट स्रोतले बतायो।
































