धनकुटा । तामाङ समुदायको परापुर्व काल देखीमनाउँदै आएको नयाँवर्ष अर्थात सोनामल्होछारको मितिगलतभएको नेपालतामाङ घेदुङले जनाएको छ। तामाङ नयाँवर्ष अर्थात सोनामल्होछार माघ ४ गते पर्ने ज्योतिषपात्रोमा देखाइएको छ । ज्योतिषपात्रो अनुसार ल्होछार माघ ४ माभनिएपनिमन्जुश्री पात्रो अनुसार फागुन४ मा परेको नेपालतामाङ घेदुङ केन्द्रिय समितिले जनाएको छ ।खेन्पो लामा सोनामग्युर्मे तामाङले परम्परा र पात्रोसंग सम्बन्धितविषयमाअध्ययनतथाखोज नगरी हचुवाको भरमातामाङहरुले मनाउँदै आएको सोनामल्होछारको मितितोकिएको आरोप लगाएका छन् । सोनामल्होछार फागुन ४ गते नै पर्ने भएको हुँदाक्यालेण्डरमा रहेको माघ ४ को विदा सच्याउन घेदुङले नेपालसरकारसंग मागयस अघि नै गरिसकेको नेपालतामाङ घेदुङका केन्द्रियअध्यक्षमोहनगोले तामाङले बताएका छन् । सोनामल्होछार मुल समारोह समितिले ‘सोनामल्होछारको प्रवद्र्धन, हाम्रो सांस्कृतिकअभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझापहिचान’भन्ने मुल नाराका साथफागुन ३,४ र ५ गने काठमाडौंमाभब्य रुपमापर्व मनाउने तयारीभइरहेको पनि नेपालतामाङ घेदुङ केन्द्रिय समितिले जनाएको छ ।ल्होछार प्रेमीतामाङ समुदायलाई पनि कसैको भ्रममानपरी यस वर्षको २८५४ खि लो सोनामल्होछार फागुन ४ गते मनाउनआग्रह समेत केन्द्रिय घेदुङले गरेको छ ।