धरान/स्व. पिता इच्छाराज खड्काको नाममा उनका जेठा छोरा बमबहादुर खड्काले धरानस्थित पूर्वाञ्चल ज्ञान चक्सु विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् । बुधबार वाबुको १२ औ तिथिमा अक्षय कोषका लागि विद्यालयका निमित्त प्रधानाध्यापक संन्दिप शाक्यलाई ५० हजार १ सय ११ रुपैया हस्तान्तरण गरेका छन् ।

[caption id="attachment_69344" align="aligncenter" width="4160"] स्व. पिताको सम्झनामा अक्षषका लागि विद्यालयका प्रअ शाक्यलाई ५० हजार १ सय ११ रुपया हस्तान्तरण गर्दै वमबहादुरका परिवार ।[/caption]

बमबहादुर र उनकी पत्नी विद्या खड्का दम्पतिले वाबुको नाममा दृष्टीविहीन बालबालिकाहरुलाई केही सहयोग पुगोस भनेर अक्षयकोष राखिएको बताए ।‘मेरा बुबाले मलाई संसार देखाउनु भयो । उहाँको सम्झनामा दृष्टीविहीन बालबालिकाहरुलाई केही राहत होस भनेर यो कोष राखेको हु ।’–वमबहादुरले भने ।

बमबहादुरले राखेको कोषबाट यहाँका बालबालिकाहरुलाई बार्षिक रुपमा कार्यक्रम आयोजना गरि पठनपाठनका सामाग्री प्रदान गर्ने निमित्त प्रअ शाक्यले जानकारी दिए ।  पूर्वाञ्चल ज्ञान चक्सु विद्यालय सरकारले विशेष शिक्षा अन्तर्गत धरानमा स्थापना गरेको हो । यहाँ देशभरका दृष्टिविहीनहरु अध्ययन गर्दे आएका छन् । विभिन्न दात्रृ निकायको सहयोगमा ५ सय भन्दा बढि दृष्टिविहीन बालबालिकाहरु अध्ययन गदै आएको विद्यालयले जनाएको छ ।