विराटनगर/ मोरङको कानेपोखरी गाउँपालिका – ६ मा रहेको सुनकोशी बचत तथा ऋण सहकारी संस्था लि. ले ६ लाख १६ हजार ८ सय ७७ रुपैयाँ नाफा कमाएको छ ।
सहकारीको आइतबार भएको १८ औं वार्षिक साधरण सभामा आर्थिक वर्ष २०७३–०७४ मा उक्त मुल्य बरावरको नाफा कमाएको जानकारी गराएको हो ।
सहकारीका अध्यक्ष भक्ति भट्टराईका अनुसार सहकारीको कुल पूजी १ करोड ८६ लाख ९६ हजार १ सय २ रुपैयाँ रहेको छ भने सेयर पूजी ३५ लाख ५१ हजार ८ सय १० रुपैयाँ रहेको छ । सोही अवसरमा सहकारीले उत्कृष्ट ऋण करोबार गर्ने बराईली सुनचादी पसलका सञ्चालक खगेन्द्र बराईलीलाई सम्मान गरेको छ ।
त्यस्तै उत्कृष्ट नियमित बचत करोबार गर्ने कुमार मगर, दुर्गादेवी नेपाल, उत्कृष्ट बाल बचत कर्ता सुनिता दाहाल, उत्कृष्ट विशेष बचत कर्ता मनमाया कार्की, उत्कृष्ट दैनिकी बचत कर्ता इनद्रमाया लिम्बु, सन्जय सिंह र जेष्ठ सदस्य उदयपबहादुर थापा, योगमाया लुईटेललगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ मोरङका उपाध्यक्ष सोमनाथ निरौला, कानेपोखरी गाउँपाकिला – ६ का वडा अध्यक्ष खड्क बस्नेत, जनएकता बचत तथा ऋण सहकारी संस्थाका सचिब अम्बिका अर्याल, रमाइलो बचत तथा ऋण सहरकारी संस्थाका लेखा संयोजक एविन्द्र पाठक लगयाले बोलेका थिए ।