धरान/लामो प्रतिक्षापछि धरान–चतरा सडक खण्डको सर्दु खोलामा पक्की पुल निर्माण शुरु भएको छ ।
[caption id="attachment_67099" align="alignnone" width="960"]
तस्बिरः चाेत्लुङकाे फेसबुक[/caption]
दुईसय ५० मिटर लम्बाईको सो पुल बनेपछि धरान–चतरा सहज जोडिने छ । वर्षौदेखि चतराबासीले पुल अभाव झेल्दै आएका थिए । पुल निर्माण हुने भएपछि चतराबासीहरु खुसी बनेका छन् । पुल नहुँदा बर्खाको समयमा आवागमनमा समस्या पर्ने गरेको थियो । ११ मिटर चौडाईको उक्त पुल निर्माण सम्पन्न भएपछि धरान–१७ को पटनालीबासीलाई पनि राहत हुने भएको छ ।
धरान क्षेत्रमा मात्रै तीनवटा पुलको निर्माण हुने भएको छ । तीनवर्ष भित्र काम सक्ने गरी रसुवा कन्ट्रक्सन प्रालिले ठेक्का पाएको हो । चुरेफेदी मार्ग अन्तर्गतका ४३ वटा पुलहरु मध्ये धरानमा तीनवटा पुलहरु पनि परेको छ । धरान–१७ कै ठकुरी खोला र पटनाली खोलाको पुल पनि निर्माण हुने धरान–१७ का वडा अध्यक्ष सूर्य भट्टराईले जानकारी दिए ।
ठकुरी खोलाको पुलको लम्बाई २५ मिटर छ भने पटनाली खोलको ५० मिटर रहेको छ । ‘ठकुरी खोला र पटनाली खोलाको पुल एकवर्ष भित्र सक्छौं भनेका छन् ।’ उनले भने, ‘सर्दुको तीनवर्ष भित्रमा सक्ने तयारी भएको जानकारी पाएका छौं ।’
पुल निर्माणको लागि कामसमेत शुरु भएसकेको उनले बताए । रसुवा कन्टक्सनले धरानदेखि सिन्धुलीको भिमानसम्मको ४३ वटा पुलको ठेक्काको सम्झौता २०७३ साल कात्तिकमा गरेको थियो । ठेक्का सम्झौता भएको ३६ महिना अर्थात् ३ वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भउको रसुवा कन्ट्रक्सनका प्रोजेक्ट मेनेजर सुदर्शन देवकोटाले बताए । उनको भनाइ अनुसार २०७६ कात्तिकसम्ममा ४३ वटा पुल निर्माण हुने छ ।
उनका अनुसार सवा तीन अर्व रुपैयाको लगानीमा ४३ वटा पुल निर्माण हुन लागेको हो । जसमध्ये धरानको तीनवटा पुल पनि हो । सरकारले यो राजमार्गलाई पहिलो प्राथमिकतामा राखेको छ । उनले तीनमहिना भित्रमा सर्दुको फण्डेशनको काम पूरा गर्ने लक्ष्य अनुरुप काम शुरु गरिएको बताए । ‘डिजाइन एण्ड विल्ट’ प्रणाली अनुसार काम अघि बढाएको हो । ‘पुलको ठेकेदार स्वयमले डिजाइन गर्ने गरी सम्झौता भएको हो ।’ उनले फोन सम्पर्कमा भने, ‘डिजाइनको काम असार मसान्तमा सम्पन्न ग¥यौं ।’