
विराटनगर/ संकटा वाइन एन्ड बेभरेजका प्रा.लि. ले ‘क्यानभास वाइन’ बजारमा ल्याएको छ ।
काठमाण्डौलगायतको विभिन्न सहरहरुमा यसअघि नै बजारमा आएपनि पनि उक्त कम्पनीले बिहीबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी पूर्वी सहरमा ‘क्यानभास वाइन’ बजारमा आएको जानकारी दिएको हो ।
क्यानभास वाइनको उद्घाटन संकटा वाइन एन्ड बेभरेज प्रा.लिका सञ्चालक हरि बास्तोला, सरोजकुमार चापागाई, मनकामना ट्रेडिङका प्रोफाइटर नबिन घिमिरे, मदिरा व्यवसायी संघ मोरङका अध्यक्ष अन्सु बन्जराले संयुक्त रुपमा गरे ।
विशुद्ध वाइन भेराइटीको अंगुरबाट उत्पादन गरिएको क्यानभास वाइनको बजार मूल्य चार सय ९० रुपैयाँ तोकिएको छ ।
‘स्वदेशी उत्पादन हो’, सञ्चालक सरोज कुमार चापागाईले भने, ‘विदेशी ब्राण्डजतिका टेस्ट रहेको छ ।’ बजारमा आएको क्यानभास वाइन ७ सय ५० एमलएलको बोतलमा रहेको छ ।
क्यानभास वाइन तयार गर्न भारतको नासिकबाट संकटा वाइन एन्ड बेभरेजका प्राविधिकले सर्वेक्षण गरेर अंगुर आयात गर्ने गरेको छ । आफैं प्राविधिक परीक्षण गरेर अंगुर आयात गर्ने यो नेपालको एकमात्र वाइन कम्पनी भएको कम्पनीको दाबी छ । काभ्रेको नालामा प्लान्ट रहेको संकटा वाइन एन्ड बेभरेजले युरोपियन प्रविधिबाट वाइन उत्पादन सुरु गरेको हो ।