काठमाडौं । महिला बेचबिखनको आरोमा प्रहरी हिरासतमा रहेका नुवाकोट दुप्चेश्वर गाउँपालिका- १ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न ४ स्थानमा कोठी (यौनगृह) सञ्चालन गरेको तथ्य खुलेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले तामाङलाई बुधबार अपराह्न तुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीस्थित वडा कार्यालयबाटै पक्राउ गरेको थियो। प्रहरीले पक्राउ गरेलगत्तै सोही वडाका ३ जना पीडित महिलाले तामाङविरुद्ध सिआईबीमा जोहरी दिएका छन्। सिआईबीका प्रमुख डिआईजी पुस्कर कार्कीले सुनबहादुर मानव बेचबिखनको मुद्दामा पक्राउ परेको बताए।

'सुनबहादुर मानव बेचबिखनको आरोपमा पक्राउ परिेका हुन्। उनी वडाध्यक्ष हुन्। उनको कहाँ के छ, त्यससम्बन्धमा अनुसन्धान हुँदैछ,' कार्कीले भने।