काठमाडाै । माओवादी अध्यक्ष प्रचण्डले वाम गठबन्धन तोड्न ठूलठूला अफर आएको सुनाए । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत समर्थनको प्रस्ताव गरेको भन्दै भने, कांग्रेसका तर्फबाट ५ वर्ष माओवादी एक्लैको सरकार बनोस्, हामी समर्थन गर्छौं भन्ने आएको छ ।’

तर, जनताले वाम गठबन्धनका लागि भोट दिएकाले आफू अन्यत्र नलाग्ने उनले बताए । उनले अघि भने, ‘एमालेको बहुमत भएको भए के हुन्थ्यो भने प्रश्न त रहृयो । बहुमत भयो, माओवादी नहुँदा पनि हुन्छ भनेर अर्कोतिर कुद्यो भने हामीले चाहँदा चाहँदै पनि एकता नहुने खतरा हुन्थ्योहोला तर, अब त्यो स्थिति हुँदैन । अब पार्टी एकता गर्ने र सरकार बनाएर जान्छौं ।’