चक्रघट्टि । सुनसरीको बराह नगरपालिका ८ सालवनी स्थित दुर्गापुरी धाम ( दुर्गा मन्दिर) मा मन्दिरको जिर्णोद्धार तथा दैनिक पुजाआजाको निम्ति अक्षयकोष स्थापानार्थ श्रीमद्भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ शुरु भएको छ । पौष ७ गते देखी सञ्चालित ज्ञान महायज्ञ १५ गते सम्पन्न हुने आयोजकले जनाएको छ । पुराणमा बिहारीशरण उपाध्याय र यमुना शरण गजुरेलद्धारा कथा बाचन भइरहेको आयोजक समितिका सचिव पारसमणी बरालले जानकारी दिए । अक्षय कोष स्थापनाका लागि नारायण प्रसाद अधिकारीेले १ लाख ११ हजार दिने घोषणा गरेका छन् । सालवनी स्थित दुर्गापुरी धाम ( दुर्गा मन्दिर)बाट निकालिएको कलश यात्रा विभिन्न स्थान परिक्रमा गरि विधिपुर्वक पुराण सुरु गरिएको पुराण आयोजक कमिटिका अध्यक्ष नारायण प्रसाद अधिकारीले जनाए । अबधिभर दैनिक पुजन, पाठपारायण, कथा प्रवचन तथा महात्म्य भजन ,ज्ञानमञ्च लगायतको कार्यक्रम रहेको समितिले जनाएको छ ।