विराटनगर/ विराटनगर महानगरपालिका क्षेत्रको ७४ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा चीनको बेजिङ्गमा रहेको झोङहेङ्ग कन्ट्रक्सन ग्रुपले लिएको छ । महानगर क्षेत्रको सडक कालोपत्रे गर्ने जिम्मा लिएको ग्रुपले २ अर्ब ६१ करोड १० लाख ९२ हजार २ सय ९४ रुपैयाँमा निमार्ण गर्ने महानगरपालिकासँग सम्जौता गरेको हो ।
क्षेत्रिय शहरी परियोजना (आर.यू.डी.पी.) को शिलन्यास विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गरे । सोमबार विराटनगर – ४ मा निमार्ण कार्य सुरु भएको क्षेत्रमा एक कार्यक्रमको बिच सो परियोजनाको महानगरपालिको प्रमुख पराजुलीले शिलन्यास गरेका हुन् । एसियाली बिकास बैंकको ऋण सायतामा उक्त परियोजना सुरु भएको महानगरपालिकाले जनाएको छ ।
दुई वर्षमा सम्पन्न गर्ने परियोजनाको सडकहरु फुटपातसहितको ४० एम.एम. मोटाइको स्पायल कङकिड रहने परियोजना प्रबन्धक इन्जिनियर भरत न्यौपानेले जानकारी दिए । गएको नोभेम्बर २ देखि सुरु भएको परियोजनाको अन्तर्गतको सडकहरु चालु आर्थिक वर्षको तीन महिनामा १५ किलोमिटरको सडक निमार्ण कार्य पुरा हुने सम्जौता भएको महानगरपालिको प्रमुख पराजुलीले बताए ।
उनले भने, ‘नगरबासीलाई एक किसिमको उत्साह सृजना गर्न विराटनगरको ५ वटा ठाउँबाट सडकको काम सुरु हुन्छ ।’ उनका अनुसार विराटनगर – ४ मा रहेको कञ्चनबारी – केसेलीया सडक, बरगाछी चाँदनी चौक हुँदै दिल्ली पब्लिक स्कूल सडक, केसेलिया सडक, दूध फारमदेखि पूर्व पुष्पलाल चौक जोड्ने सडक निमार्णको काम एक साथ पिच हुने बताए । त्यस्तै सम्राट मार्ग पोखरया स्कूल अगाडी, भन्सार पूर्वको सडकसमेत एक साथ निमार्ण कार्य हुनेछ । ‘पहिलो चरणको १५ किलो मिटरको सडक ३ महिनामा पुरा हुन्छ,’ प्रमुख पराजुलीले भने, ‘गुणस्तरमा कुनै सम्जौता गरेको छैन् ।
गुणस्तरहीन काम गरेको पाइए नगरबासीलाई खबरदारी गर्न प्रमुख पराजुलीले आग्रह गरे । उनी भन्छन्,‘यो परियोजना समग्र नगर बिकासको हो । यस्तो उत्साहजन काममा नगरबासी सबै जागरुप हुनुर्पछ ।’ उनले भने, ‘अबको छ महिना पछि विराटनगरबासीले धूलो खाने समस्याको अन्त्य हुन्छ ।’ परियोजना प्रबन्धक न्यौपानेका अनुसार चाल आर्थिक २०७४/०७५ मा महानगर क्षेत्रको ४५ किलोमिटर सडकको निमार्ण कार्य पुरा हुने बताए । निमार्ण कार्य सुरु भएको सडकको मुख्य नालाहरु ७ सय मिटरको हुनेछ भने ढल हाल्न मिल्ने २०.०८ किलोमिटरको हुनेछ । तीन वटा परियोजना चालु हाल विराटनगर महानगरपालिको भित्रको १४ वटा सडकहरु निमार्ण कार्य जारी भइरहेको बताइएको छ । तीन वटा परियोजना मार्फत सडकको निमार्ण कार्य भइरहेको छ । मझौला सहरी एकीकृत सहरी वातवरण्ण सुधार परियोजना, सहरी विकास सहन परियोजना अन्तर्गत गर्ने सडकहरुको काम धमाधम भइरहेको महानगरापालिकाले जनाएको छ । महानगर क्षेत्रमा सुरु भएको परियोजना सम्पन्न भएपछि नमूना सडकको रुपमा परिणत हुनेछ । क्षेत्रिय शहरी परियोजनाको शिलन्यास गर्दै प्रमुख पराजुली ।