धरान/संघीय लिम्बुवान मञ्च नेपालका प्रतिनिधि र प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेका छन् । [caption id="attachment_61992" align="alignnone" width="979"] भोट माग्दै मतदाताको घरघरमा लिम्बुवानका उम्मेदवारहरु । तस्बिरः भोजराज श्रेष्ठ[/caption] मतदाताहरुलाई आफ्नो अमुल्य मत दिएर जिताउन उनीहरुले आग्रह गरेका छन् । प्रतिनिधि तर्फका सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार भूपू डिएसपी कृष्णमान थेवेले धरान–१५ का मतदाताहरुको घरदैलोमा पुग्दै मत मागेका छन् । त्यस्तै प्रदेश १ क का पूर्णबहादुर लिम्बू (साइबाबा) र प्रदेश १ ख का भूपेन्द्रसुन्दर लावतीले पनि मतदाताको घर घरमा पुगेर मत मागेका छन् । निर्वाचन प्रचार प्रसार समितिका संयोजक सञ्जुहाङ साँवाका अनुसार शनिबार र आइतबार धरान–१५ का मतदातासामू मत मागेका छौं । उनले धरानमा सामानुपाति उम्मेदवारसहितको टोली वस्ती बस्तीमा पुगेर मत मागिरहेको बताए । समानुपातिकमा सावित्री पन्धाक, काजिमान ओख्राबू, राजेश श्रेष्ठ, पर्शुराम वाइवा, दिलू लिम्बू राई, सरस्वती लिम्बू र सिजन राजधामीहरु पनि घरदैलोमा सहभागी हुँदै मत मागिरहेका छन् । तस्बिरः ब्लाष्ट