धरान । नेकपा एमालेका सचिव एवं सुनसरी क्षेत्र नं १ प्रदेशसभा –ख) मा बाम गठबन्धनका उम्मेदवार भिम आचार्यले कांग्रेस नेतृत्वको गठबन्धन लोकतान्त्रिक नभई लुटतान्त्रिक गठबन्धन भएको बताएका छन् ।
धरानको वडा नं २० स्थित विष्णुपादुका टोट्केमा शनिबार घरदैलो पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार आचार्यले कांग्रेसले २०४६ सालयता २ पटक बहुमतको सरकार बनाए पनि देश र जनताको लागि केही नगरी लुटतन्त्र मात्र चलाएको बताए । बरु एमालेको अल्पमतको सरकार हुदा आप्m्नो गाउँ आफै बनाउ कार्यक्रम ल्याएर गाउँ गाउँमा बजेट पुर्याएको, विधुवा तथा वृद्धा भत्ता दिएकोजस्ता जनप्रिय र विकासको कार्यक्रम ल्याएको उनले बताए । कांग्रेसले भने जहिल्यै पनि सत्तामा बसेर देश र जनतालाई लुटेको भन्दै नेता आचार्यले अहिलेको गठबन्धन पनि लोकतान्त्रिक नभई लुटतान्त्रिक भएको आरोप लगाए । ‘कांग्रेसको गठबन्धन लोकतान्त्रिक होइन, लुटतान्त्रिक हो । कांग्रेसले सत्तामा बसेर लुट्ने, खानेबाहेक केही पनि गरेन र अब पनि गर्दैन । जनतालाई पनि चुनावको बेला मात्र पैसा बाड्ने, खुवाउने पिलाउने गर्छ,’प्रदेशसभा(ख)का उम्मेदवार आचार्यले भने,‘त्यसैले देशको विकास गर्न, रोजगारी र आर्थिक समृद्धि ल्याउन बाम गठबन्धनलाई जिताउनुस्, प्रदेश र केन्द्रमा बहुमतको सरकार बनाउछौं, तपाईहरुले भनेको काम गछौं ।’
विगतमा एमाले होस वा माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकार होस्, राम्रो काम गर्न खोज्यो कि षडयन्त्र गरेर सरकार ढाल्ने गरेकोले अब ५ बर्षसम्म बामपन्थीहरुको बहुमतको स्थिर सरकार बनाउन जनताले मत दिएर जिताउन पनि आचार्यले आग्रह गरे । कांग्रेसले विगतमा २ पटक बहुमतको सरकार बनाउदा के गर्यो भनेर प्रश्न गर्न पनि आचार्यले मतदाताहरुसँग आग्रह गरे । आफु निवार्चित भएर गएपछि विष्णुपादुका, बराहक्षेत्रको बाटो, खानेपानी व्यवस्थापन, मन्दिर व्यवस्थापन, विजुलीलगायत पुर्वाधार विकासमा बजेट हालेपनि पर्याप्त नभएकोबारे आफु जानकार भएको उनले बताए । ‘म २ पटक जितेर संविधानसभामा गए, तर त्यतिबेला संविधान निर्माण गरेर जनतालाई अधिकारसम्पन्न गराउनु मुख्य कार्यभार थियो । अब ती कार्यभार सकिएको छ र जनतालाई विकास, समृद्धि दिनुछ । यो चुनाव पछि बामपन्थीहरुको बहमुतको सरकार बनाएर ती सबै अधुरा काम पुरा गछांै,’आचार्यले भने,‘रोजगारी सृर्जना गर्ने, कृर्षिमा आत्मनिर्भर बनाउने, खानेपानी र बाटो पुरा गर्ने, भञ्ज्याङ र रमिते डाडा आउने बाटोमा सर्दुमा पुल हाल्ने काम अबको ५ बर्षभित्र पुरा हुन्छ ।’
प्रदेश नं १ को भावी मुख्यमन्त्रीकोरुपमा पनि चर्चामा रहेका नेता आचार्यले अबको ५ बर्षभित्र पर्याप्त विजुली उत्पादन गरेर गाडी, रेल, चुलोलाई सबै नेपालीहरुले विद्युतीयरुपमा उपभोग गर्नसक्ने अवस्थामा पुर्याउने बाम गठबन्धनको योजना रहेको बताए । उनले भने,‘५ बर्षभित्र ग्याँसको विकल्पमा विद्युतीय चुलो हुन्छ । गाडी बस पनि विद्युतबाटै चल्ने हुन्छ । पुर्वपश्चिम राजमार्ग, जोगवनीदेखि किमाथांकासम्म, रक्सौल विरगञ्जबाट हेटौडा, सुनौली भैरहवादेखि बुटवल सबैतिर विद्युतीय रेल चल्छन्, र देश आर्थिकरुपमा समृद्ध बन्छ ।’