विजयपुर/तेह्थुम स्थाई घर भई हाल बेलबारी स्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी ‘बोनम्यारो क्यानसर’बाट पिडित भएकी १३ बर्षिय वालिका सृजना लिम्बुलाई धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले ३७ हजार रुपैया उपचार खर्च हस्तान्तरण गरेका छन् ।
[caption id="attachment_61727" align="alignleft" width="510"]
शुक्रबार मेयर सुब्बाले आफ्नै कार्यकक्षमा अपाङग पुर्नस्थापना तथा असाहय सेवा केन्द्र धरानको तर्फबाट ३२ हजार रुपैया र मेयर सुब्बाको ब्यक्तिगत तर्फबाट पाँच हजार रुपैया उपचार खर्च प्रदान गरेका हुन् ।
‘बोनम्यारो क्यानसर’बाट पिडित भएकी सृजनाको काठमाण्डौ स्थित सिभिल हस्पिटलमा उपचार हुदै आएको छ । आर्थिक अबस्था निकै कमजोर भएकाले आफुहरुले सहयोग गरेको केन्द्रका निर्देशक सुनिल खड्काले बताए ।
मेयर सुब्बाले वालिकाको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।यसैगरि धरान ८ स्थित बोनस सपिङ सेन्टरका सन्चालक निनाचन्द्र राईलेपनि ५ हजार रुपैया सहयोग गरेका छन् । पिडित सृजनाको अपाङग पुर्नस्थापना तथा असाहय सेवा केन्द्रको पहलमा उपचार भई रहेको छ ।