
हरारे/ जिम्बाबेको नयाँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्न लाग्नु भएका इम्मेर्सन मनान्गाग्वाले बिहीबार पदबहालीको तयारी गरेको छ । गत ३७ बर्षदेखि शासन गर्दै आएका निवर्तमान राष्ट्रपति रोबर्ट मुगाबेले नाटकीय तरिकाले राजीनामा दिन बाध्य भएपछि उनले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने भएकाे हो । मुगाबेलाई सेना र सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएर राजीनामा दिन बाध्य पारेका हुन् भने जिम्बावेमा नयाँ लोकतान्त्रिक युग सुरु हुन लागेको दावी गरिएको छ । राष्ट्रपति हुन लागेका ७५ बर्षीय इम्मेर्सनले शुक्रबार एक समारोहकाबीच जिम्मेबारी सम्हाल्न थालेएको छ । “हामीले आजदेखि देशलाई आश्चर्यजनक पुर्ण लोकतान्त्रिक मुलुक बनाउन सुरु गरेका छौं,” उनले हजारौं समर्थकहरूकाबीचमा भनेको थियो । उनलार्इ ठुलो संख्यामा सुरक्षाकर्मीहरूले घेरिएर राष्ट्रपतिकै शैलीमा सत्तारुढ दल जानु–पीएफको मुख्यालयमा आईपुगेकाे छ । –––