तेह्रथुम । भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले तेह्रथुमको जिरिखिम्ती देखि मोराहाङ हुँदै श्रीजुङ, पौठाक जोडिने सडकको स्तरोन्नति तथा कालोपत्रेका लागि पहल गर्ने बताएकी छन । राज्यमन्त्री भएपछि सोमबार पहिलो पटक मेन्छ्यायेम गाउँपालिका पुगेकी गुरुङले बाटोलाई पहिलो प्राथमिकता राख्ने बताईन् ।
राज्यमन्त्री गुरुङले सडकको स्तरोन्नति हुन नसकेको भन्दै यथासिघ्र सडक कालोपत्रे गर्नका लागि आफुले भूमिका खेल्ने बताईन । चुनाव प्रचार प्रसारकै शिलशिलामा आफु मोराहाङ आइपुग्दा सडकको निरीक्षण समेत गर्न पाएको भन्दै राज्यमन्त्री गुरुङले सडकको दुरावस्था सुधार गरी मेन्छ्यायेम गाउँपालिकाका बासिन्दाको जनजीवनलाई सहज बनाउने प्रतिवद्धता समेत जनाईन । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार समेत रहेकी राज्यमन्त्री गुरुङले गाउँपालिकाको भवन निर्माण, विकास र समृद्धिका लागि समेत विभिन्न प्रतिवद्धताहरु जनाएकी छिन् । राज्यमन्त्री गुरुङले संविधान निर्माणको क्रममा मस्यौदा समितिको सदस्य भएर समेत स्थानीय तहका अधिकारलाई संवैधानिक रुपमा मजबुद बनाउन भूमिका खेलेको बताईन् ।
राज्यमन्त्री गुरुङलाई स्वागत गर्दै मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले गाउँपालिकाको समृद्धि र विकासका लागि सहयोग गर्न आग्रह गरेका छन् । राज्यमन्त्री गुरुङलाई मोराहाङको गौखुरी महिला बहुउदेश्यीय सहकारी संस्थाले पनि स्वागत तथा सम्मान गरेका थिए । महिलाहरु मात्रैले सन्चालन गरेको सहकारीमा आवद्ध महिलाहरुले संविधैनिक रुपमा महिलाको हक र अधिकार स्थापित भएको भन्दै अब त्यसको कार्यान्वयनको लागि समेत महिलाको प्रतिनिधित्व जरुरी भएको बताएका छन् ।