भद्रपुर । पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिले नेपाली काँग्रेसले सरकारमा रहेर इतिहाँस देखि हालसम्म देशको लागि कुनै काम नगरेको आरोप लगाएका छन् । अवको राजनीति भनेको इमान र संकल्पको भएकोले त्यसको क्षमता काँग्रेसमा नभएको समेत धारणा राखेका थिए । झापाको क्षेत्र नम्बर ३ मा भएको वाम गठबन्धनले आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्न शुक्रवार साँझ भद्रपुर आएका ओलिले यस्तो बताएका हुन् । काँग्रेसले कागजमा र व्यवहारमा फरक काम गरेका कारण आफै पलायन हुदै गएको औल्याए। वाम गठबन्धनमा भएको सहमतिमा धोका नहुने सवै कार्यकर्तालाइ विश्वस्त बनाएका थिए । यो गठबन्धन लोकतान्त्रीक ,देशभक्त,प्रगतिशिल रहेको उल्लेख गर्दै काँग्रेसमा लोकतन्त्र नभइ दक्षिणपन्थी प्रतिक्रियावादी भएको संज्ञा दिए । अव देशमा शान्ति र स्थायित्व सरकारको लागि एमालेको आवश्यक्ता रहेको बताउदै निर्वाचन लगत्तै एमाले र माओवादी केन्द्रविच पार्टी एकता हुने आश्वासन दिलाएका थिए । ३ नम्बर क्षेत्रमा भएको राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनसहित एमाले र माओवादी केन्द्र गठबन्धनले फेल खाएमा सवै दलले लज्जास्पद हुने मात्र नभइ देशलाइ घाटा हुने भएकोले सहमतिको पालना गर्न सवैलाइ सुझाएका थिए । देशको उन्नती र प्रगतिको लागि बाँच्ने मानिस बेग्लै धातुले बनेकोले विचार पुर्याउन अनुरोध गरेका थिए ।निर्वाचनपछि एमालेको नेतृत्वमा बन्ने सरकारले केरुङ्– काठमाडांै हुदै पोखरा सम्मको रेल – वे सेवाको लागि चीनसंग छलफल भइसकेको बताए । कार्यक्रममा संयुक्त गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार लिङदेनले मैले जितेमा राजा फर्किन्छ भन्नु दीवा सपना भएको बताए । यो क्षेत्रमा २० वर्ष सम्म काँग्रेसले गर्ननसकेको काम सवै पार्टीलाइ मिलाएर पाँच वर्षभित्र सम्पन्न गर्ननसकेमा राजनीतिबाट सन्यास लिने प्रतिबद्धता जनाएका थिए ।एमालेका प्रदेश सभाका उम्मेदवार बसन्त बाँनियाले मतदाताको शिर निहुरियाउने काम नगर्ने उल्लेख गरेका थिए ।यो क्षेत्रमा विकासको राजनीति धेरै भएकोले अब समाप्त भएको समेत धारणा उनले राखेका थिए । माओवादी केन्द्रका प्रदेश सभा सदस्य पुर्णसिं राजवंशीले मतदाताको मेहनत खेर जाननदिने प्रतिवद्धता जनाएका थिए । एमालेका नेता अग्नी खरेल, हरि राजवंशी,माओवादी केन्द्रका रामनारायण विडारीले मन्तव्य राखेका थिए । संयुक्त अगुवा कार्यकताका संयोजक पुष्प पोखरेललको अध्यक्षतामा राप्रपाका ३ नम्बर क्षेत्रिय सभापती नवराज पनेरुले स्वागत मन्तव्य राखेका थिए ।