पाँचथर/ नयाँ शक्ति पार्टीका दुई उम्मेद्वार सहित चार जनाले पार्टी परित्याग गरेका छन् । पहिलो चरण अन्तर्गत आगामी दश मंसीरमा हुने प्रतिनिधि सभा सदस्य निर्बाचनमा पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वार दिएका दिल बहादुर लाओती र प्रतिनिधि सभाकै समानुपातिक उम्मेद्वार रमेश परियाले नयाँ शक्ति छाडेका हुन् ।
पार्टी छाड्नेमा पार्टीको शिक्षक संघ केन्द्रीय सदस्य हेम बहादुर जबेगु र जिल्लाका खेलकुद विभाग संयोजक अनुराग केप्छाकी मगर रहेका छन् । उनीहरुले प्रेस विज्ञप्ती जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उम्मेद्वार द्धयले बैधानिक रुपमा आफ्नो उम्मेद्वारी फिर्ता हुन नसके पनि राजनीतिक रुपमा पार्टी परित्याग गरेको जनाएका छन् ।
स्थाइ शान्ति, मुलुकको समृद्धि र राजनीतिक स्थिरताका लागि स्थापित पार्टी नेतृत्वले नै अस्थिर र ढुलमुले चरित्र देखाएकाले पार्टी छाड्नु परेको विज्ञप्तीमा उल्लेख छ ।