धनकुटा/धनकुटामा रहेको सातवटै स्थानिय तहमा वाम गठवन्धनले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो पार्टीका उम्मद्धारलाई विजय गराउन चुनावी प्रचार प्रसार अभियानलाई तिव्र बनाएको जनाएको छ ।

यसै क्रममा बाम गठबन्धनले धनकुटा जिल्लाको क्षेत्र नं. १ अन्तर्गत धनकुटाको हिले र भीर गाउँमा चुनावी अभियान सोमवार देखी शुरु गरेको एमाले अध्यक्ष एवं प्रतिनिधि सभा सदस्यपदका उम्मेद्धार राजेन्द्र राईले वताएका छन् ।उनले राष्ट्रिय राजनिति माहोल र दुई पार्टी विचको सहमती अनुसार धनकुटा जिल्लामा आसन्न निर्वाचनमा समग्र धनकुटाको राजनितिक परिस्थितिलाई मध्यनजर गरेर आम जनता र कार्यकर्ताको भावानालाई प्रतिनिधित्व गरिकन संयुक्त निर्वाचन परिचालन कमिटी वनाएर चुनावी प्रचारमा एक भएर अघि वढेको वताएका छन् ।

चुनावी प्रचार अभियानको क्रममा जनवर्गिय संगठनहरु संयुक्त रुपमा परिचालन गर्ने, दुवै पार्टीको भेला वैठकहरु जिल्लातह देखी वडातहसम्म संयुक्त रुपमा निर्वाचन केन्द्रित प्रचार प्रसार अभियानतिव्र गर्ने लगायतको कार्यक्रमवाम गठवन्धनले तय गरेर पार्टी अघि वढेको पार्टी अध्यक्ष राईले वताएका छन् । उनले समानता र न्यायपुर्ण समाज निर्माणको लागी वाम गठवन्धनको अभियानवाट राष्ट्रिय एकता सहितको समृद्ध राष्ट्र निर्माणको आधार तयार हुने कुरामा मंसिर २१ गते हुने निर्वाचन कोशेढुङ्गा सावित हुने समेत दावी गरेका छन् ।

त्यसो त नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज उज्वल किराँतीले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा प्रतक्ष्यतर्फ धनकुटा जिल्लाका संयुक्त प्रगतीशिल वामपान्थी गठवन्धनवाट प्रत्याशी बनाइएका सवै उम्मेद्धारहरुलाई मतदान गर्न गराउन संयुक्त रुपमा निर्वाचन परिचालन समिति संयुक्त रुपमा परिचालनगरि निर्वाचनमा केन्द्रित भै सकेको वताएका छन् ।  चुनावी अभियानलाई तिव्रतादिन धनकुटा वामगठबनधनका तर्फबाट प्रतिनीधि सभा सदस्य पदका उमेद्वार राजेन्द्र राई, क्षेत्र नं.१ का प्रदेश सभाका उमेद्वार य्वा नेतानिरन राई,समानुपातिकउमेद्वारहरु कुसुमकुमारी श्रेष्ठ(जुली) र हिमा बस्नेत लगाएत एमाले र माओवादी केन्द्रका नेतातथाकार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ ।

प्रदेश सभाको दुई तिहाई बहुमतले मात्र एक नम्वर प्रदेशको राजधानी बनाउन सकिने भएकाले आफूहरु बिजयी भएमा धनकुटालाई राजधानी बनाउन जनमत तयारीका लागि पनि पहल गर्ने र जनताको घरदैलो सम्म भोट माग्न आफ्नो प्रतिवद्धता सहितप्रचार प्रसार गर्ने कार्यक्रमलाई उमेद्धारहरुले तिव्र वनाएका हुन् ।  वाम गठवन्धनका निर्वाचन परिचालन समितिका संयोजक एवं प्रतिनिधिसभा सदस्यपदकाउम्मेद्धार राजेन्द्र राईले कार्तिक १९ गते बिहिबार देखि जिल्लाको सात वटै तहबाट एकैपटक चुनावीप्रचार अभियान शुरु गरेको र धनकुटामा वामगठबन्धनले चुनावीअभियानलाई तिव्रतादिएको वताएका छन् । राईले धनकुटाका तिनै तह प्रतिनिधिसभा र प्रदेशसभामा जसरी भएपनि जि तहाशिल गरेरै छाड्ने वताएका छन् ।

नेकपाएमाले धनकुटाका अध्यक्ष समेत रहेका राईले स्थानियतहको निर्वाचनमा धनकुटालाई एमालेले क्लिन स्वीप वनाउन सफलभएको दावीगर्दै त्यही सफलतालाई टेकेर अव प्रदेश र संघको निर्वाचनमा पनि वाम गठवन्धनले विजय हाशिल गर्ने वताएका छन् । धनकुटावाट प्रदेशसभा ख को लागीभने वाम गठवन्धनको तर्फवाट इन्द्रमणी पराजुलीलाई प्रतक्ष्यतर्फको उम्मेद्धार वनाएको छ ।