तेह्रथुम/म्याङलुङ्गमा वाम गठवन्धनको संयुक्त चुनावी भेला सम्पन्न भएको छ । आगामी मंसिर २१ गते हुने स्थानीय तह निर्वाचनलाई लक्षीत गरी बाम गठवन्धनले प्रतिनिधी सभा र प्रदेश सभाका उमेदवार सहितको संयुक्त भेला गरेको हो । भेलालाई प्रतिनिधी सभा सदस्य उमेदवार भवानी खापुङ, प्रदेशसभा उमेदवार क्षेत्र नम्वर १ का लक्ष्मण तिवारी, प्रदेशसभा उमेदवार क्षेत्र नम्वर का २ का तेजमान कन्दङ्गवा, प्रदेशसभाका समानुपातिक उमेदवार अनुभुतीबम नेपाली, माओवादी पोलीटव्युरो सदस्य तथा बाम गठवन्धनको तर्फवाट चुवाव परिचालन कमिटि संयोजक दुर्गाप्रसाद चापागाई सचिन, एमाले पूर्व सभाषद विष्णुमाया विक, एमाले प्रदेश सभा सल्लाहकार किशोरचन्द्र दुलाल, माओवादी केन्द्रका जिल्ला संयोजक इन्द्र इम्सङ, एमाले पार्टी उपाध्यक्ष संजय तुम्वाहाम्फेले सम्वोधन गरेका थिए । भेलाले नेकपा एमाले जिल्ला कमिटि सदस्य हेमराज अधिकारीको संयोजकत्वमा म्याङलुङ्ग नगरस्तरिय वाम गठवन्धन संयोजन समिति गठन गरेको छ । समितिको सहसंयोजकमा माओवादी केन्द्रकी दिलु सेनेहाङ्ग रहेकाी छिन ।
यसै गरि फोदाप गाउपालिका १ सिम्लेमा बामगठवन्धनको संयुक्त भेला सम्पन्न भएको छ । भेलाले आगामी निर्वाचन सफल बनाउनका लागि विभिन्न समितिहरु गठन गरेको छ । भेलाले किरण कुरुङ्गवाङ्गको संयोजकत्वमा १ सय ५१ विर्नाचन परिचालन कमिटि गठन गरेको छ । कमिटिको सहसंयोजकमा योगेन्द्र कुरुङ्गवाङ्ग रहेको एमाले युवा सचिवालय सदस्य छत्र रिमाल रिमालले बताए । भेलाले राम कुरुङ्गबाङ्गको संयोजकत्वमा ५ सय १ विर्नाचन प्रचार प्रशार समिति, नगेन्द्र ढुङ्गानाको संयोजकत्वमा १९ सदस्य आर्थिक परिचालन समिति गठन भएको छ । मान वहादुर श्रेष्ठको संयोजकत्वमा ७ सदस्य राजनितिक सम्वाद समिति गठन भएको छ । कार्यक्रमलाई माओवादी केन्द्रका तारा भट्टराई, एमालेका राम कुरुङवाङ लगायतले कार्यक्रताहरुलाई सम्बोधन गरेका थिए । भेला एमालेका मान वहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
छथर गाउँपालिका शुक्रबारेमा एक कार्यक्रमको आयोजना गरि बामगठवन्धनको भेला सम्पन्न भएको छ । भेलाले एमालेका धर्मराज खुलालको संयोजकत्वमा २५ सदस्य गाउँपालिका स्तरीय बामगठवन्धन समन्वयन समिति गठन गरेको छ । समितिको सहसंयोजकमा माआवादी केन्द्रका तेज वहादुर कट्वाल रहेको वामगठवन्धन समितिका सदस्य राजन नेपालीले बताए । भेलालाई निर्वतमान सभाषद तथा प्रदेशसभा सदस्य पदका उम्मेदवार भवानी खापुङ्ग, एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्वर १ का उम्मेदवार लक्ष्मण तिवारी, जिल्ला स्तरिय बामगठवन्धन समन्वयन समितिका संयोजक दुर्गा प्रसाद चापागाई सचिन, माओवादी केन्द्रका ईन्द्र ईङसम प्रकाश लगायतले सम्वोधन गरेका थिए । भेला बामगठवन्धन प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर १ का संयोजक गणेश सेनेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
लालिगुराँस नगरपालिका बसन्तपुरमा वाम गठवन्धनको संयुक्त चुनावी भेला सम्पन्न भएको छ । आगामी मंसिर २१ गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी बाम गठवन्धनले प्रतिनिधी सभा र प्रदेश सभाका उमेदवार सहितको संयुक्त भेला गरेको हो । भेलालाई प्रतिनिधी सभा सदस्य उमेदवार भवानी खापुङ, प्रदेशसभा उमेदवार लक्ष्मण तिवारी, प्रदेशसभाका समानुपातिक उमेदवार अनुभुतीबम नेपाली, माओवादी पोलीटव्युरो सदस्य तथा बाम गठवन्धनको तर्फ वाट चुवाव परिचालन कमिटि संयोजक दुर्गाप्रसाद चापागाई सचिन, माओवादी केन्द्रका जिल्ला संयोजक इन्द्र इम्सङ, एमाले जिल्ला कमिटि सदस्य गिता सिवा, वाईसिएल जिल्ला अध्यक्ष छिरीङ लामा, दिल वहादुर लिम्वु नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नुभएका वसन्तपुर गाविसका पुर्व कांग्रेस सभापती देवेन्द्र थापाले सम्वोधन गरेका थिए ।