दमक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले सार्वजनिक गरेको घोषणापत्र चुनावी मात्र नभएर देशको विकास गर्ने स्पष्ट खाका रहेको बताएका छन् ।
वाम गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं ५ मा चुनावी प्रचारमा आयोजना गरेको कार्यक्रम अध्यक्ष ओलीले घोषणापत्रमा लोकतन्त्रको सुदृढीकरण, विकास र समग्र देशको समृद्धिको खाका तयार गरिएको बताए ।
अध्यक्ष ओलीले वाम घोषणापत्रमा देशमा विकासको लहर, शान्ति र स्थायित्व दिने खालको रहेको र दुईदेखि पाँच वर्षमा नेपालमा कोही पनि भोकै हुनु नपर्ने योजना रहेको उल्लेख गरे ।
एमाले महासचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार ईश्वर पोखरेलले आधा शताब्दी नेपाली राजनीतिमा लागेको र सोही क्षेत्रको विकासमा जीवन बिताएकाले निर्वाचन जित्ने दाबी गरे ।
उनले एमाले र माओबादीबीच छिट्टै नै पार्टी एकीकरण हुने र सोहीअनुसार नै ठूलो उद्देश्य लिएर निर्वाचनमा होमिएको बताए । सो अवसरमा एमाले अध्यक्ष ओलीेले नेपाली काँग्रेस परित्याग गरी टोखास्थिल सत्य साई टोल सुधार समितिका उपाध्यक्ष महेन्द्र केसीसहित एक दर्जन युवा एमालेमा प्रवेश गरेका थिए