विराटनगर/बिबेकशिल साझा पार्टीले मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको लागि मोरङबाट पनि उम्मेदवार उठाएको छ । Bibek-shil-party बिबेकशिल साझाले मोरङमा उठाएका उम्मेदवारहरु मोडलदेखी शिक्षक, कृषक र होटल व्यवसायमा आवद्ध कर्मठ युवा उम्मेदवार छन् । प्रतिनिधि सभातर्फ एक र प्रदेश सभामा तीन गरि जम्मा चार स्थानमा उम्मेदबारी दिएको बिबेकशिलले मोरङगमा चर्चित मोडल अमलेश कर्ण, कृषक सरोज नेपाल, शिक्षक रमेश बिष्ट र होटल व्यवसायी गणेश बिष्टलाई उम्मेदवार बनाएको हो । बिबेकशिल साझाले मोरङगको क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभातर्फ एक जना ६ नम्बरमा प्रदेश सभातर्फ २ जना र एक नम्बर क्षेत्रमा प्रदेश सभातर्फ एक जनालाई उम्मेदबार बनाएको छ । बिबेकशिल साझा पार्टीका उम्मेदवाहरुले देशमा बढेको भ्रष्टचार र राजनैतिक फोहर सफा गर्न हाम्रो उम्मेदवारी रहेको उनीहरुले बताए । आर्थिक संबृद्धिकालागि सबै युवाहरु उत्पादनमुलक पेशामा आवद्ध हुनुपर्छ र बेकारको राजनीतिमा भुलिनु हुदैन भन्ने बिबेकशिल साझा पार्टीको धारणा आफुहरुलाई मन परेकोले आफुहरु उम्मेदवार बनेको उनीहरुको भनाई छ । राजनीति चलायमान हुनुपर्छ अनि मात्र नयाँ सोच आउँछ भन्ने मान्यता उनीहरुको रहेको छ । ४ नम्बर क्षेत्रमा प्रतिनिधि सभातर्फ चर्चित मोडल अमलेश कर्ण उम्मेदबार बनेका छन् । उनी बिराटनगर १० निवासी हुन् । कर्ण यस अघि पनि स्थानिय तहको निर्वाचन विराटनगर महानगरपालिको वडा नम्बर १० बाट वडा अध्यक्षामा स्वतन्त्र भएर उठेका थिए । उपभोक्त्ता अधिकारबादी संस्था पब्लिक फोरममा समेत आवद्ध कर्ण लामो समयदेखी मोडलिंङ गर्दै आएका छन् । यसैगरि मोरङग ६ नम्बर क्षेत्रमा प्रदेशसभा ‘क’ बाट उम्मेदबार बनेका युवा सरोज नेपाल च्याउ खेतीमा आवद्ध छन् । चार बर्षदेखी च्याउ खेतीमा संलग्न नेपालले सुन्दरपुर नगरपालिकामा उद्योग खोलेर च्याउको बिउ उत्पादन गर्दै आएका छन् । यसैगरि ६ नम्बर क्षेत्रबाट प्रदेशसभा ‘ख’ मा उम्मेदबार बनेका गणेश बिष्ट होटल मेनेजमेन्टका बिज्ञ हुन् । बिराटनगर ७ स्थित हाटखोला निवासी उनले त्यही चर्चित दिव्यरत्न होटल संचालन गर्दै आएका छन् । साइप्रसबाट होटल मेनेजमेन्टमा स्नात्तक गरेका बस्नेतले स्वदेश फर्केपछि ८ बर्ष अघि आफनै घरमा नयाँ सोच सहित होटल संचालन गरेका थिए । यसैगरि १ नम्बर क्षेत्रको प्रदेश क को उम्मेदबार बनेका युवा रमेश बिष्ट पेशाले शिक्षक हुन ।