अहिलेसम्म वित्तीय बिवरण सार्वजनिक गरेका अधिकांस वाणिज्य बैंकहरुले ओरालो लागेको वित्तीय बिवरण निकालेका छन् । यो भिडमा एनएमबी र प्राइमले भने केही आश जगाउने कोशिस गरेका छन् । यद्यपी पूँजीवृद्धिका आधारमा दुवै बैंकको प्रगतिलाई सुस्त मान्नु पर्ने हुन्छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम बैंकले ३४ करोड १७ लाख ५० हजार रुपैंया खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको यसै अवधिमा २५ करोड १० लाख ५८ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी झण्डै दोब्बर मात्रामा बढेकाले यो प्रगतिबाट लगानीहर्ता उत्साहित हुने अवस्था देखिन्न । किनकी गत आर्थिक वर्षको यसै अवधिमा २७ रुपैंया १० पैसा रहेको प्रतिसेयर आम्दानी यस पटक २१ रुपैंया ६१ पैसामा झरेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड ५२ लाख रुपैंयाबाट ६ अर्ब ३२ करोड ५४ लाख रुपैंया कायम भएको छ । केही विकास बैंकहरुलाई आफु गाभेर पूँजी वृद्धिको अभियानमा रहेको बैंकले अब बोनसबाट चुक्ता पूँजी ८ अर्ब पुर्याउनु पर्ने हुन्छ । चुक्ता पूँजी ८ अर्ब पुगे पछि बैंकको प्रति सेयर आम्दानी अझै संकुचित हुनेछ । निक्षेप तथा कर्जाको आकार केही बढाएको बैंकको व्याज खर्च बढेका कारण खुद व्याज आम्दानीको वृद्धि प्रभावित भएको छ । १५ करोड ६० लाख रुपैंया प्रोभिजन गरेको बैंकले १० करोड ३१ लाख रुपैंया राइट व्याक गरेको छ । बैंकको निष्कृय कर्जा अनुपात १.३२ बाट १.३७ प्रतिशत पुगेको बैंकको सिसिडी ७५.७० प्रतिशत छ । यसले बैंकलाई कर्जा प्रवाहमा भन्दा निक्षेप संकलनमा केन्द्रित हुनु पर्ने संकेत गर्छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ५४ रुपैंया ६८ पैसा छ भने तरलता अनुपात २७.९० प्रतिशत छ । मूल्य आम्दानी अनुपात २०.५५ प्रतिशत रहेको छ । यो मूल्य आम्दानी अनुपातले केही आशावादी बनाए पनि बोनस बितरण पश्चात के हुन्छ भन्ने चासो लगानीकर्तामा रहिरहने छ ।

मेराेलागानी