-
Home
-
अर्थ
-
सात्वीक फुडकाे तीनलाख बराबरको विस्कुट नष्ट
सात्वीक फुडकाे तीनलाख बराबरको विस्कुट नष्ट
- कार्तिक १२, २०७४
- ब्लाष्ट खबर
धरान/धरान–१६ स्थित सात्वीक फुड प्रालिमा अनुगमनका क्रममा भेटिएका मिति नाघेका विस्कुटहरुलाई आइतबार ‘नष्ट’ गरिएको छ ।
प्रालिले उत्पादन गरेको तीन लाख रुपैया बराबरको विभिन्न नामका चारहजार ८२४ कार्टुन विस्कुटहरु सेउतीको डम्पिङ साइटमा नष्ट गरिएको धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारीले बताइन् ।
भण्डारीकै संयोजकत्वमा गठित अनुगमन समितिले असोज ३० गते उद्योगमा अनुगमन गरेको थियो । उक्त क्रममा म्याद गुज्रिएका विस्कुटहरु फेला परेका थिए । तर, त्यो बेला तिहार लागेका कारण डिस्पोज गर्न नपाइएको उनले बताइन् ।
उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड हुने भन्दै म्याद गुज्रिएका विस्कुटहरुलाई डम्पिङ साइटमा लगेर नष्ट गरिएको उपप्रमुख भण्डारीले बताएकी छन् ।