धरान/ग्यास लिक भई मोरङको सुन्दरहरैँचा–९ स्थित बिराटचौकमा आईतबार बिहान आगलागी हुँदा तीनलाख रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार स्थानीय देवकुमारी भट्टराईको तीन तले घरको बीचमा रहेको भान्सा कोठामा खाना पकाउने क्रममा ग्यास लिक भएर आइतबार बिहान आगलागी भएको थियो । आगलागीबाट भान्साकोठाको सम्पूर्ण सामग्री जलेर नष्ट भएको विराटनचौक प्रहरी चौकीले जनाएको छ । करिव ६ बजेर ३० मिनेटमा सुरु भएको आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा लिइएको थियो ।