सिटिजन्स बैंक (CZBIL) ले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा घटेको वित्तीय बिवरण निकालेको छ । बैंकले खराब कर्जा असुली थोरै गरेका कारण खुद नाफा प्रभावित बनेको हो । यद्यपी अन्य सुचकहरुमा बैंकले राम्रो सुधार गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड ९० लाख ९९ हजार रुपैंया खुद नाफा कमाएको छ । उसले गत आर्थिक वर्षको यसै अवधिमा ३४ करोड ५१ लख ५७ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा दुई करोड ६० लाख ५८ हजार रुपैंयाले घटेको हो । बैंकले गत आर्थिक वर्षको असोज मसान्तमा खराब कर्जाबाट ४४ करोड ५८ लाख सात हजार रुपैंया राइट व्याक गरेको थियो । जसका कारण उसको खुद नाफा पनि धेरै देखिएको थियो । यस पटक भने बैंकले जम्मा सात करोड १० लाख ५९ हजार रुपैंया मात्र राइट व्याक गरेका कारण खुद नाफा प्रभावित बनेको हो । रँयट व्याकको रकम ३५ करोडले घट्दा पनि खुद नाफा अढाई करोड रुपैंयाले मात्र घट्नुलाई बैंक प्रगतिको पथमा रहेको मान्नु पर्छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी पाँच अर्ब ५३ करोड ७३ लाख रुपैंयाबाट आठ अर्ब दुई करोड ९१ लख रुपैंया पुगेको छ । जगेडा कोष एक अर्ब ६४ करोड २ लाख रुपैंयाबाट एक अर्ब ७४ करोड ४२ लाख रुपैंया पुगेको छ । निक्षेप तथा कर्जा परिचालनमा उल्लेख्य सुधार गरेको बैंकको व्याज आम्दानी ४३ करोड ५९ लाख रुपैंयाबाट बढेर ४८ करोड २८ लाख रुपैंया पुगेको छ । यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स यसरी ब्याज आम्दानी, संचालन मुनाफा लगायतका सुचकमा सुधार गरेको बैंकको कोषको लागत आठ दशमलव दुई प्रतिशत रहेको छ । जसका कारण उसले सस्तो व्याजदरमा कर्जा परिचालन गर्न सक्ने अवस्था देखिँदैन । बैंकको प्रतिसेयर आम्दानी वार्षिक १५ रुपैंया ८९ पैसा कायम भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी २४ रुपैंया ९३ पैसा थियो । चुक्ता पूँजीको आकार बढ्दा खुद नाफामा आएको गिरावटका कारण बैंकको प्रतिसेयर आम्दानी खस्किएको हो । निस्क्रिय कर्जाको अनुपात गत बर्षको तुलनामा एक दशमलव ७३ प्रतिशतबाट बढेर एक दशमलव ९९ प्रतिशत कायम भएको छ । उसको मूल्य आम्दानी अनुपात १९ दशमलव ३१ गुणाले बढी रहेको वित्तीय बिवरणमा उल्लेख छ । बैंकको प्रतिसेयर नेटवर्थ एक सय २१ रुपैंया दुई पैसा छ । मेराेलगानी