धरान/सुन्दरहरैचा–९, सलकपुरमा आइतबार राति करिव ९ बजेतिर एक्कासी पूर्व प्रहरी दानबहादुर खड्काको घरमा आगलागी सुरु भयो । खोले पकाएको ठाउँमा सल्केको आगोले टीनले छाएको एक तले घर, लत्ताकपडा, सुनचाँदी, केही पैसा सबै जलेर नष्ट भयो । आगलागी सुरु भएलगत्तै गाउँलेहरुले हारगुहार गरेर नगरपालिकाको दमकलमा फोन गरे । तर, चालक नभएको भन्दै दमकल आउन मानेन । ‘चालक नभएको भन्दै कर्मचारीहरुले नै जवाफ आयो । आफै चलाएर ल्याउँछौं भन्दासमेत नदिएको स्थानीयबासीहरु गुनासो गर्छन् । करिव १ किलोमिटर हाराहारीको दमकल नआइपुगेपछि गाउँलेहरुले इटहरी, विराटनगरको दकमललाई हारगुहार गरे । तर, त्यहाँको दमकल आइपुग्दा लगभग खड्काको घर खरानीमा परिणत भइसकेको स्थानीय ज्ञानबहादुर खड्का बताउँछन् । वडा ९ नम्बरबासीहरु यही विषयलाई लिएर निक्कै आक्रोसित बनेको खड्का बताउँछन् । ‘दमकलको लागि एकपटक मात्रै हैन, पटक पटक फोन ग¥यौं, चालक छैन भन्दै टारियो । कोही चालक हुनुहुन्छ भनेर लिएर जानुस् भन्दै जवाफ फर्काए ।’ उनले फोनमा भने, ‘नजिकैको दमकल नआएपछि बाध्य भएर इटहरी र विराटनगरलाई फोन ग¥यो । त्यहाँबाट आइपुग्दा लगभग घर नै खरानी भइसकेको थियो ।’ उनी खड्का घरविहीन छन् । नगरपालिकामा दमकल भएर पनि काम नलागेपछि उनी आक्रोसित छन् । उनको करिव १२ लाख ९५ हजार रुपैया बराबरको क्षति भएको छ । ‘दमकल भइकन पनि काम लागेन ।’ पूर्व प्रहरी कर्मचारी परिषद् जिल्ला कार्य समितिका अध्यक्षसमेत रहेका स्थानीयबासी पुष्प थापा भन्छन्, ‘ड्राइभर छैन भन्दै टारियो । देखाउनको लागि राखिएजस्तो भयो । कामै केही भएन ।’ अध्यक्ष थापाले समितिका साधारण सदस्य रहेका खड्काको परिवारलाई नगद ५ हजार रुपैयासमेत सहयोग गरेको छ । त्यति मात्रै हैन, पूर्व प्रहरीको संगठनले पनि उनको घर बचाउनको लागि सक्दो भूमिका खेलेकै हो । तर, आगो जोडले लागेको कारण मानवीय सहयोगले केही काम नगरेको उनी बताउँछन् । यस विषयमा सुन्दर हरैचना नपाका प्रमुख शिवप्रसाद ढकाललाई ब्लाष्टकर्मीले मोबाइलबाट बारम्बार फोन सम्पर्क गरे पनि फोन उठाएनन् । पुनः ब्लाष्ट कार्यालयबाट फोन गर्दा उनको फोन बन्द रहेको पाइयो ।