विराटनगर/मोरङको रतुवामाई नगरपालिकाले चालु आर्थिक बर्ष २०७४/०७५ को लागि अनुमानित ४२ करोड ४७ लाख ५४ हजार रुपैयाँ बजेट पारित गरेको छ । नगरपालिकाले प्रथम नगरसभाद्धारा चालु आर्थिक वर्षको लागि बेजेट पारित गरेको हो ।

बुधबार नगरपालिकामा नीति तथा कार्यक्रम सार्वजानिकरण गर्दै रतुवामाई नगरपालिको प्रमुख रविन राईले चालु आर्थिक वर्षमा आम्दानी तर्फ अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्गर्ततको अनुदानबाट २६ करोड ३१ लाख ७४ हजार, सशर्त अनुदानबाट १४ करोड ३८ लाख, आन्तरिक श्रोतबाट ७७ लाख ८० हजार र जिल्ला समन्वय समितिबाट राजस्व बाँडफाँड बापत १ करोड रुपैयाँ रहेको बताए ।

नगरपालिकाले आफ्नाे उपलब्धीहरुमा एकिृत सम्पत्ति कर प्रणालीको वैज्ञानिक ढंगबाट शुरुवात गरेको, नगर क्षेत्रको सम्पूर्ण सामुदायिक विद्यालयहरुमा आगमी नयाँ शैक्षिक शत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने, नगरपालिमा एउटा रङशाला निमार्ण गर्ने कार्यको लागि सम्भावित जग्गा र श्रोत पहिचान गर्ने, ८० वर्ष कटेका बृद्धबृद्धाहरुको सामाजिक सुरक्षा भत्ताको रकम सम्बन्धित व्यक्तिको घरमा पु¥याउने योजनाहरु सार्वजानिक गरिएको छ । त्यस्तै नगरपालिको मुख्य बजार, चौक क्षेत्रमा फ्रि वाइफाइ जोन बनाउने, सिटी बस संचालन गराउन निजी क्षेत्रलाई आकर्षित गराउने, रतुवामाई रिङरोडको सम्भाव्यता अध्ययन गर्ने, घाट निर्माण जस्ता महत्वकांक्षी योजनाहरु समेत सार्वजनिक गरेको छ ।

बजेट, निती तथा कार्यक्रमको सार्वजानिक गर्दै नगरपालिका प्रमुख राईले रतुवामाई नगरपालिमा कृषि योग्य भूमी धेरै भएकाले कृषिलाई आधुनिकरण गर्दै युवालाई कृषि पेशमा आकर्षित गराउने योजनाहरु ल्याउने बताए । उनले भने, ‘चालु आर्थिक वर्षमा एउटा वडामा कम्तिमा तीन जना सक्रियायुवालाई कृषिमा ल्याउन विभिन्न योजना ल्याउँछौं ।’ कार्यक्रममा नगरपालिको प्रमुख राईले चालु आर्थिक वर्षमा ल्याएको बजेट, निती तथा कार्यक्रमहरु कार्यन्वयन गर्दै अगाडी बढने बताए ।

रतुवामाई नगरपालिका साबिकको महादेवा, सिजुवा, इटहरा, झुकिर्या गाविसको पुरै भाग र गोविन्दपुर र बरडंगा गाविसको बक्राहा नदीको पूर्वको भाग मिलाएर नगरपालिका बनेको हो ।