विर्तामोड । नेकपा एमालेका नेता झलनाथ खनालले बामपन्थी शक्तिहरु बिच चुनावी तालमेल र एकता प्रक्रियाको सुरुवात भएपछि मुलुकको राजनीतिमा एक किसिमको भुइचालो आएको धारण राखेका छन् । झापाको बिर्तामोडमा प्रेस चौतारी झापाले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनपछि मुलुकमा बहुमतको स्थिर सरकार बन्ने दाबी गर्दै बामपन्थी शक्तिहरु बीचको चुनावी तालमेल र एकता प्रक्रिया कसैका विरुद्ध नभएको स्पष्ट पारे । बामपन्थीहरुको एकता प्रक्रियाका कारण एमाले भित्रका स–साना चोईटाहरु धुलो भएर झनै बढी एकता हुने विश्वास व्यक्त गरे । अब राजनीतिक दलभित्रका साना मसिना धारहरु विलय हुने खनालको भनाई थियो ।